इच्छाकामना गाउँपालिका ४ का वडाअध्यक्षको निधन, शोकमा भोलि गाउँपालिका बन्द

0

गैँडाकोट, माघ २१ ।
चितवन जिल्लाको एक मात्रै गाउँपालिका इच्छाकामना वडानम्वर ४ का वडाअध्यक्ष होमबहादुर राना मगरको निधन भएको छ । ३८ बर्षको उमेरमा उनको उपचारको क्रममा दिल्लीमा गएराति निधन भएको हो ।

 

लामो समयदेखि अस्वस्थ रहेका वडाध्यक्ष मगरको उपचारकै क्रममा नयाँदिल्ली स्थित मेदान्त अस्पतालमा निधन भएको र वडाअध्यक्षको शवलाई भारतबाट नेपाल ल्याइएको छ । अहिलेसम्म इच्छाकामना गाउँपालिकाका २ जना जनप्रतिनिधिको निधन भएको छ । यस अघि गाउँपालिकाको वडा नं. २ को वडासदस्य खिर बहादुर चेपाङको निधन भएको थियो । नेपाली कांग्रेसबाट उम्मेदवार रहेका मगरको असमायिक निधनले मर्माहत बनाएको भन्दै काँग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठले समबेदना प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
त्यस्तै गाउँपालिकाले पनि आज शोक वक्तव्य जारी गर्दै उहाँको निधनमा भोलि गाउँपालिका बन्द हुने भएको छ । गाउँपालिका अध्यक्ष गितावदेवी गुरुङले श्रद्धान्जली दिँदै जारी गरेको शोक वक्तव्यमा गाउँपलिका र मातहतका कार्यालय वन्द रहने जनाइएको छ ।

Share.

Leave A Reply