क्रियाशिल पत्रकार महिला नवलपुरको अध्यक्षमा पंगेनी चयन

0

गैँडाकोट, माघ २१ । क्रियाशिल पत्रकार महिला (डब्लु डब्लु जे) नवलपुरको प्रथम भेलाले ज्ञानु पंगेनीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको छ ।
जसको उपाध्यक्षमा शारदा झेडी मगर, सचिवमा राधिका भुसाल, र कोषध्यक्षमा मिनाक्षी कंडेल चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा विजय एफएमकी माया कंडेल, एलिना केसि र गङगा बिस्वकर्मा चयन हुनु भएको छ । निबर्तमान अध्यक्ष धनु भुसालको अध्यक्षतामा भेला सम्पन्न भएको हो । भेलामा विगतमा संस्थाले गरेका कामका बारेमा निबर्तमान अध्यक्ष भुषालले जानकारी गराउनुभयो ।
विगतका वर्षहरुमा संस्थाले गरेको कामको समिक्षा गर्दै आउदा दिनहरुमा संस्थालाई अझै शशक्त बनाएर अघि बढ्न शुभकामना दिनुभयो । नव निर्वाचित अध्यक्ष पंगेनीले महिला पत्रकारको संख्यात्मक तथा गुणत्मक विकासका लागि सबैसंग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । कार्यक्रम कुमारवर्ती बहुमुखी कलेजमा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply