म हुन चाहन्नँ नम्बर १

0

माया कँडेल

कविता
म हुन चाहन्नँ नम्बर १

पल्टाउँदै हृदयको रातो डायरी
भन्न त भन्यौ तिमीले
यी हेर त तिमी १ नम्बरमा परेकी छ्यौ
मेरो हृदयको सूचीमा
तर म
अल्मलिएको छु खुसी र दुःखको दोधारमा
पिसिँदैछु सन्दिग्ध भावनाका जाँताहरूमा
हिजो तिम्रो मस्तिष्कको भूगोलमा सम्म पनि नअटाउने म
आज चाहनाको नम्बर १ मा उक्लिएछु
के भोलि पनि मेरो अस्तित्व र स्वामित्व
नम्बर एकमै निश्चल रहिरहला ?

म सोचको गहनतामा गोता लगाइरहेछु
चिन्तनको सगरमाथामा
प्रत्येक सोप्पानहरूको उचाई मापन गरिरहेछु
के थाहा
तिम्रो स्वार्थको अत्तल भास नभरिएपछि
पुनः सूचीबाट नामेट हुने पो हुँ कि ?
अथवा हुन सक्छु सोही सूचीको पुछारमा ।

पटक–पटक म आÇनै मित्रहरूको
चाहना र बाहनाका खुड्किलाहरू टेक्दै
शिखरमा पु¥याइएकी छु
मेरो आवश्यकता सिद्धिएपछि
वा दोस्रो अब्बल सहारा भेटिएपछि
फेरि पछारिएकी छु उनीहरूबाटै जमिनको तल्लो बिन्दुमा
म रुनबाहेक केही गर्न सक्दिनँ
किनकि गल्ती मेरै थियो ।

त्यसैले म तिम्रो हृदयको सूचीमा
१ नम्बरमा रहन असमर्थ छु प्रिय मान्छे
लाग्छ २, ३, ४ हुँदै
तिम्रो सूचीमा उक्लिनेहरूले भेट्टाउनेछन् मलाई
र प्रतिस्थापन गरिदिनेछन् सूचीबाट
कुनै अपरिचित भूगोलमा
बिन्ति मलाई बिलकुल शून्य बनाइदेऊ
म तिम्रै पछाडि थपिएर
केवल तिमीलाई बनाउन चाहन्छु लाख करोड वा अरबौँ पनि
मात्र तिम्रा निम्ति ।

Share.

Leave A Reply