धार्मिक क्षेत्र गण्डकी प्रदेश

0


वेदप्रसाद गौडेल, 

नेपालको मध्यक्षेत्रमा धार्मिक पुण्यभूमि हिमकुण्ड, धौलागिरी, मुस्ताङ, हिमशिखरदेखि तपोभूमि भगवान्द्वारा सृष्टि स्थापित प्रसिद्ध पीठ तीर्थस्थल मुक्तिनाथ हुँदै कलकल बगी आउने कालीगण्डकी, कागबेनी, म्याग्दी बेनी गलेश्वर हुँदै शालिग्राम भगवान्का रुपमा चलायमान शक्ति रुप बागलुङ कालिका भगवती, मोदीबेनी तीर्थस्थल शक्ति बलेवा काला भैरवथान, पर्वत जिल्ला हुँदै कालीगण्डकीको स्वच्छता पवित्रता, शक्ति शालिग्राम शिलारुपी भगवान् सेतीबेनी तीर्थस्थल गण्डकी प्रदेशभित्रका पर्वत, स्याङजा, नवलपरासी र तनहुँ तथा चितवनको त्रिशूलीलगायतका नदीहरुको संगमस्थल देवघाटधाम मौलाकालिका भगवतीबाट नारायणी नदीको पवित्र जलले सम्पूर्ण प्राणी जगत्को रक्षा गर्दै शक्तिका रुपमा शान्तरुपी बहाव हुँदै अत्यन्तै सौन्दर्य चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र जहाँ गैँडा, हात्ती, बाघ, मृग, मयूरलगायतका जनावर चराचुरुङ्गी, जलजन्तुको वासस्थानरुपी सागरदेखि तीर्थस्थल शक्तिपीठ, त्रिवेणीधाम, भगवान् राम, सीता सुपुत्र लवकुश, वाल्मीकि ऋषिहरुको वासस्थलका रुपमा पर्ने धार्मिक स्थलका रुपमा पर्ने धार्मिक तीर्थस्थलमा मनुष्यहरुले दर्शन पूजाअर्चना तथा स्नान गर्नाले धर्मरक्षा एवं शुद्ध आचरण भई पाप नष्ट भएर पवित्र भई धर्म प्राप्ति भएर मोक्ष प्रदान अवश्य हुनेछ ।
यही पुण्यभूमिमा पश्चिम ४ नं. स्याङजा हुँदै पर्वत जिल्ला मुडिकुवा हाल फलेबास नगरपालिकामा महत्त्वपूर्ण प्रकाण्ड विद्वान्हरु एवम् धार्मिक व्यक्तित्वहरुको उद्गम स्थल रही सोही स्थानबाट शिक्षा ज्ञान प्राप्तिका लागि भारतको बनारसलगायतका महत्त्वपूर्ण शक्तिपीठमा ज्ञानका सागरका रुपमा रही आउनुहुने धार्मिक प्रकाण्ड शास्त्रीय ज्ञानका रक्षक पं. केशवकान्त घिमिरे र गजाधर घिमिरेहुनुहुन्छ भने पं. दुर्गादत्त घिमिरे, प. रविरमण लामिछाने जो मुकुन्दपुरमा हुनुहुन्थ्यो । जुन व्यक्तित्व गृहस्थाश्रम पूरा गरी योगी सन्न्यासीको नियम पालना गरेर ब्रह्मलीन हुनुभएका व्यक्तित्व हुनुहुन्छ । उहाँहरु धर्मक्षेत्र पश्चिम ४ नं. पर्वतबाट गण्डकी ४ नं. प्रदेशअन्र्तगत नवलपुरमा देवघाटधामको वासस्थानमा रही व्यासका रुपमा आफ्नो पहिचान एवं राजगुरुको सम्मानमा रहनुभएका सत्पुरुषका रुपमा परिचित हुनुहुन्छ । गण्डकी प्रदेशमा अति महत्त्वपूर्ण तीर्थ धार्मिक क्षेत्र पनि पर्दछ, मनकामना, गोर्खा दरबार र पोखरा विन्द्यवासिनी मन्दिर, रामकोटसमेत पर्दछन् ।
धौलागिरी क्षेत्रमा पर्ने बागलुङ जिल्लाको धार्मिक धरोहर ब्रह्मलीन स्वामी परमानन्द सरस्वतीजी महाराजजी तपस्वी आत्मज्ञान प्राप्त भई उहाँबाट देशका हरेक क्षेत्रमा बौद्धिक सनातन धर्मसंस्कृतिको रक्षक रही गुरुकुल स्थापना गरेर जसको प्रभाव निरन्तर रहीआएको तीर्थस्थल तनहुँ देवघाटधाममा परमानन्द गुरुकुलम् र हरिहर सन्न्यास आश्रमको स्थापना गरी वर्तमान अवस्थामा उत्तराधिकारीका रुपमा १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजजीबाट सर्वाङ्गीण विकास क्षेत्र विस्तार गरी देशविदेशमा प्रख्यात रही जसमा हाल २८० जना छात्रहरु कक्षा ६ बाट आचार्य (एम.ए.) सम्म संस्कृत विद्याको शिक्षा प्राप्त गरिरहेका छन् भने धर्म संस्कृति विद्याको उन्नयन हुँदै आएको छ । ८ जना प्राध्यापक, २४ जना अध्यापकहरु, १४ जना सन्न्यासी, ९ जना ब्रह्मचारी र अन्य विशेषतः पुरुषहरुको सहभागिता, बसोबास र व्यवस्थापन छ । भोजन व्यवस्थापन, बस्ने व्यवस्था, ६०जना भक्ति माता छन् भने माताहरुसमेत समयानुकूल भोजन व्यवस्था एवं साधुसन्तलगायतको आगमनबाट अति महत्त्वपूर्ण धार्मिक एवं संस्कारको पालनासहित व्यवस्थित रही आएको क्षेत्रमा पर्दछ । देवघाटधाममा महेश आश्रम, गलेश्वर आश्रमलगायत सबै धार्मिक तथा वैदिक सनातन धर्मको रक्षा र महत्त्वपूर्ण मन्दिर तथा पुरातात्त्विक पौराणिक भगवान्का मूर्तिहरु रहेका छन् भने स्नानका लागि नारायणी नदी देवघाट क्षेत्र महत्त्वपूर्ण रहेको छ ।राष्ट्रकवि माधवप्रसाद घिमिरे लमजुङबाट र धर्मराज थापा, झलकमान गन्दर्भ पोखराबाट लोकगायनमा परिचित रही आएका छन् भने लमजुङबाट डा. हर्क गुरुङ जस्ता विज्ञहरु जन्मिए । आदिकवि भानुभक्त आचार्य तनहुँमा रही सम्पूर्ण रामायण नेपाली भाषाका ज्ञाता रहे भने कविशिरोमणि लेखनाथ पौड्याल कास्कीमा जन्म भई आफ्नो पहिचान दिन सफल भए, जसले गर्दा गण्डकी प्रदेशको गौरव बढेको छ ।
संस्कार र ऐतिहासिक पृष्ठभूमिबाट उदीयमान कुल, समाजको पूर्वज दृष्टिबाट आज समग्र सृष्टि चली आएको छ । त्यही अभियानमा हामी छौँ । सन्दर्भमूलक जन्मस्थल पर्वत मुडिकुवामा जन्मेर त्यहाँको अवस्थालाई पूर्व रुपमा जानकार तथा क्रियाशीलताको निरन्तरता हुँदै जीवनशैलीलाई आफ्नो अनुभूतिमा प्रवेश गराउँदै रमणीय जीवनचक्रको अभ्यासमा अध्यापन, कार्यशीलता र कर्मशीलता बौद्धिक यात्रालाई अगाडि ल्याउने क्रमबाट जीवनपद्धतिको गोरेटोमा समाहित गराउँदै मुडिकुवाको जीवनशैलीको अभ्यास रमाइलो वातावरणमा रहेर, धर्मसंस्कृति, संस्कार, दान, धर्म, यज्ञयागादी गर्ने, सप्ताह–पुराण लगाउने र उपकार गरी सामाजिक सेवामा सर्मपणको अध्यायलाई आफ्नो कर्तव्यरुपी अभ्यासमा प्रवेश भएको अनुभूति भई आएको छ । त्यस क्षेत्रमा मठमन्दिर निर्माण, संस्कृत विद्यालय, पाठशाला, स्नानघाट, धर्मशाला, सत्तल पार्टी निर्माण, वरपीपल, स्वामी, चौपारी निर्माण, हरियाली मनोरम बोटबिरुवा संरक्षण, वृक्षरोपण, फलपूmलको संरक्षणलगायतका कार्यहरुको निरन्तरता, हरियाली मनोरम डाँडापाखाको सुन्दरता सफेद हिमालको दृश्य सदा रुपमा अटल रुपदेखि आएको स्थलका रुपमा परिचित छ । समाजसेवकको प्रेरणा, माया, ममता र करुणाको उद्गम स्थलमा अति रमणीय रुपमा नाचगान, भजनकीर्तन, सत्संग, संगीत, लोकदोहोरी, साहित्य व्यक्तित्वकलाको स्थलका रुपमा रही विवाह, व्रतबन्ध शुभकार्यमा पञ्चेबाजा, अति राम्रो प्रचलित शंकरपोखरी पुर्कोटका चर्चित दमाह कर्नाल, नरसिंह, झलकका पञ्चेबाजा बागलुङ थन्थाप, दमेक सर्कुवा, टार, बलेवा, कुस्मीसेरा, जैमिनी, ज्ञादी, फलेबास, कुर्घा, शंकरपोखरी, थापाठाना, कार्कीनेटा, कुस्मा, पाङ, दुर्लुङ, देउपुर, सेतीबेनी, बाच्छाबियादी, बिर्घा, कर्नास, लिमीठाना, मल्लाज, पाल्पा, स्याङजा, बागलुङ, अर्घाखाँची, गुल्मी, म्याग्दी, कास्की, तनहुँ, लमजुङ, गोर्खालगायतका क्षेत्रसँग सामिप्य, लेनदेन व्यवहार बिहाबारी गरिने यस क्षेत्रमा विवाहमा डोला तथा तान्दाममा दुलाहदुलही ल्याई बोकेर डोलेघर्तीहरुबाट सहयोगीका रुपमा काम गर्ने (दमै) नेपालीहरुबाट विशेष गरेर पञ्चेबाजा बजाउने प्रचलन रहेको रअत्यन्तै राम्रो र मनोरञ्जन त्यस क्षेत्रको विशेषता रहेको हो ।
नवलपरासी, नवलपुरको गैँडाकोट ग्राममा आगमन भई योग्य स्थलको पहिचानबाट आफ्नो जीवनचर्यालाई धर्म र ब्रह्मस्थलमा परिणत गरिएको र गैँडाकोट नवलपुर र चितवनमा भगवान् शिव, देवीदेवता, सीताराम, राधाकृष्ण, भगवान्वराह, लक्ष्मीनारायण भगवान्, लक्ष्मी नृसिंह दिव्यधामसहित देवस्थल तपोभूमि, सहकारीहरु, संघसंस्था, शैक्षिक क्षेत्रमा साहित्यिक उर्वरभूमि, धार्मिक र सामाजिक व्यक्तित्वहरुको उत्कृष्टताको क्षेत्रमा आफ्ना जीवनका संग्रहालयलाई स्थापित गरिँदै आएका छौँ । आ–आफ्ना पारिवारिक जीवनशैली, सन्तुष्टि र असन्तुष्टिका बाबजुद आफूलाई समर्पित रहन सबैबाट प्रयत्न गरिएको हो भन्न उपयुक्त हुनेछ किनभने आफ्नो जीवनका आ–आफ्ना समस्या, अभाव र आवश्यकता, आर्जन, परिश्रम र आर्थिक उपार्जनको विषयको समयलाई पनि पालना गरिँदै परिश्रमको फलमा सेवारत हुँदै आफ्नो जीवनलाई प्रगतिपथतर्फ उन्मुख गराउन प्रयत्न गरिरहँदा मन चिन्तनमा हरेक तरंग चिन्ता, विषयवस्तु, सुखभोग र दुःखसहनको व्यथालाई पार गर्दै सामाजिक सेवा, विभिन्न संघसंस्था मठमन्दिर, शैक्षिक क्षेत्र सामाजिक, क्षेत्रमा पनि सहभागिता भई स्थापना, संरक्षण, व्यवस्थापन र निर्माण कार्यमा आफूलाई समाहित गरी सफलता प्राप्त भई आएको छ जो जीवनपद्धति र दिनचर्याले पनि यसको अनुभूति भएको आपूmले महसुस गरेको छु किनभने ‘सेवा गर फलको आशा नगर’ भन्ने धार्मिक उक्तिलाई अनुसरण गरी आएको हुँदा आफूलाई यही कार्यबाट आत्मसन्तुष्टि भइरहेको छ ।
निःस्वार्थ सेवा र सर्मपण नै मानवीय गुण हुनेछ । यहि अनुसरण गर्न मैले खोजिरहेको छु, जन्मभूमिबाट कर्मभूमि, धर्मभूमिमा रहेर सेवा समर्पण गर्न जानु मलाई भगवानबाट सत्बुद्धि, ज्ञान दिनुभएको छ । यसको भरपुर म प्रयोग गरिरहनेछु । मैले गरेका विषयवस्तुको विवरण प्रस्तुत गरी आएको छु, तर यो केही पनि होइन अझै गरिरहनुपर्दछ । यो त सामान्य हो । गरेर अहंकार हुनु हुँदैन, समदर्शी हुनुपर्दछ र सबैको कल्याण गर्ने सेवक हुनुपर्दछ । समाजमा आवश्यक विकास निर्माण, सहयोगी भूमिकालाई निरन्तरता दिनुपर्दछ । यसैमा मेरो भरोसा रहनेछ, कर्मधर्म, सेवा र समर्पण नै चेतनाको स्तर हुनेछ । मुक्ति प्राप्त भई आराम शान्ति हुनेछ । सेवा समर्पण भनेको अदृश्य शक्ति हो । देखावटी हुँदैन सजिलो पनि छैन । आफूले त्याग गरेर मात्र सेवा हुन्छ भन्ने विश्वासका साथ सबै मनुष्यबाट र सन्ततिहरुबाट उपकारी धर्म संस्कृति सत्संग र सत्कार कुल, पितृहरुको स्मरण र सदा पूजा हितकारी कार्य गर्ने र कृति राख्ने प्रेरणा ईश्वरले दिइरहून् भन्ने प्रार्थना गर्दै पर्वत वा नवलपुर तथा देशका प्रायः सबै क्षेत्रमा रहनुहुने धर्मगुरु, धार्मिक, सामाजिक व्यक्तित्व, साहित्यिक, राजनीतिक नेता, उच्चपदस्थ सरकारी निकायका प्रमुख तथा आम जनसमुदायहरुबाट सहयोग, प्रेरणा र आशिर्वाद प्राप्त गरी सबैसँग परिचित एवं सुमधुर सम्बन्ध कायम गर्न सफल रही यस पुण्यभूमिको महिमा भगवान्को सृष्टिलाई सन्त फुलबारीका रुपमा सजाएर रहने परम्परालाई शिरोधार्य गरी धर्मकर्म पुण्यलाभ लिँदै परमधामको खोजी गरौँ । ब्रह्मस्थलको रुप यसैमा हुनेछ । ॐ नमः शिवाय ।

Share.

Leave A Reply