गैँडाकोट ६ मा आधारभुत स्वास्थ्य इकाईको भवन उद्घाटनसँगै सेवा शुभारम्भ

0


प्रेम क्षेत्री
माघ २०, गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ६ मा आधारभुत स्वास्थ्य इकाईको भवन उद्घाटनसँगै सेवा शुभारम्भ भएको छ । मंगलबार भाग्योदय चोकमा एक तले ३ कोठे पक्की भवनको उद्घाटन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले भवनको उद्घाटन गर्दै शिक्षा र स्वास्थ्यको विकासले मात्रै समग्र राष्ट्रको विकास हुने बताउँदै त्यो प्रदान गर्नेतर्फ नगरपालिका तल्लिन रहेको बताउनुभयो । उहाँले नगरका हरेक क्षेत्रमा पूर्वाधार निर्माणका काम भईरहेको बताउँदै नगरपालिका विकासतर्फ लम्किरहेको बताउनुभयो । शिक्षातर्फ कक्षा १२ सम्म स्टाफ नर्सको व्यवस्था र वडा तहमा स्वास्थ्य सेवा प्रदान लगायतका क्रियाकलाप अघि वढिरहेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि गैँडाकोट नगरपालिकाका नगर उप–प्रमुख विष्णुकुमारी कंडेलले नियमित रुपमा स्वास्थ्य जाँच गराई स्वास्थ्य सेवा लिन आग्रह गर्नुभयो । वडाबासीले सामान्यखालका स्वास्थ्य सेवा प्रप्त गर्नु सकुन भन्ने हेतुले स्थानीय सरकार घरदैलोमा पुग्ने प्रयास गरिरहेको बताउनुभयो ।
गैँडाकोट ६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले आधारभुत स्वास्थ्य इकाईको भवनको संरक्षणका लागि पर्खाल निर्माण लगायत यहाँको विकासका लागि बजेट विनियोजन गरिदिन नगरपालिका समक्ष आग्रह गर्नुभएको छ ।
भाग्योदय आधारभुत विद्यालयका प्रधानाध्यापक डिल्लीप्रसाद अम्बैले बत्तीमुनिको अध्यारो जस्तै गैंडाकोट ६ लाई पिछडिएको क्षेत्रको रुपमा हेरिने र वडालाई हेर्ने दृष्टिकोण समेत फरक रहेको बताउँदै वडाको समुचित विकासका लागि पहल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा गैंडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेल, वडा सदस्यहरु दलबहादुर थापा, पवित्रा अधिकारी, कल्पना परियार, नेकपाका नगर अध्यक्ष नारायणप्रसाद सापकोटा, नेपाली कांग्रेसका वडा सभापति हेमलाल सापकोटा, विजयनगर पम्पि∙ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष शुभाष चापागाईं लगायतको उपस्थिती रहेको थियो ।
वडा सदस्य जीरबहादुर प्रधानले स्वागत मन्तव्य व्यक्त गर्दै वडामा स्वास्थ्य कार्यालय स्थापना हुनु खुसीको कुरा भएको बताउनुभयो । गैँडाकोट ६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण वडा सचिव मनिरत्न सापकोटाले गर्नुभएको थियो ।

Share.

Leave A Reply