बर्डफ्लुबाट बच्न सतर्कता अपनाऔँ

0


चितवन तथा नवलपुर दुवै अत्यधिक कुखुरा उत्पादन हुने जिल्लाका रुपमा चिनिन्छन् । यहाँ उत्पादित कुखुरा देशका विभिन्न स्थानसम्म खपत हुने गरेको छ । कुखुराको मासु, अण्डा र दानमा आत्भनिर्भर बन्दै व्यावसायिक बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । कोभिड १९ का कारण शिथिल बनेको यो क्षेत्र पुनः जुमुर्राउँदै छ । कोभिडका कारण गरिएको लकडाउनले करोडौँ नोक्सानी बेहोरेको पोल्ट्री क्षेत्र बिस्तारै उकालो लाग्दै छ । दशकौँ अघि निर्वाहमुखी गर्दै आएकाहरु पनि अहिले व्यावसायिक रुपमा लागेका छन् । यस क्षेत्रमा करोडौँ रुपैयाँ लागानी भइसकेको छ । हाल हजारौंको सङ्ख्यामा सानाठूला पोल्ट्री फार्म, ह्याचारी तथा दाना उद्योगहरु स्थापित छन् ।
हरेक क्षेत्रमा चुनौती र समस्याहरु देखिन्छन् । समस्या समाधान र नयाँ सम्भावना केलाउँदै निराकरणका उपाय अवलम्बन गर्दै अघि बढिरहेको यस क्षेत्रलाई मुख्य प्रभावित पार्ने वर्डफ्लु नै हो । केही समय पहिले भारतका विभिन्न स्थानमा देखापरेको वर्डफ्लु नेपाल भित्रियो । नाकामा निगरानी गर्न नसकेकै कारण र बसाइसरी आउने चराहरुको प्रभावले यहाँको पोल्ट्री क्षेत्र डामाडोल भयो । जसले लगानी गरेको करोडौं रुपैयाँ नोक्सान भयो । लगानी डुबेपछि उठिबाससमेत बनायो ।
पुनः अहिले नेपालमा बर्डÇलु संक्रमण देखिएको छ । काठमाडौँ तारकेश्वर नगरपालिकामा बर्डÇलु संक्रमण देखिएसँगै उच्च सर्तकता भने अपनाईएको छ । वर्डफ्लु देखिएपछि सरकारले नेपालमा कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै मुलुकभित्र निगरानी उच्च बनाइएको छ । प्रभावित क्षेत्रका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको छ र पनि यसले ठूलो विपत्ति निम्त्याउन सक्छ । लकडाउनपछि भर्खरै तङ्ग्रिन लागेको यस व्यवसायलाई सबल बनाउन फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्बन गर्ने र व्यक्तिगत सरसफाइमा ध्यान दिने कार्य महत्त्वपूर्ण छन् । बर्डÇलुबाट विगतमा मानिसको मृत्युसमेत भएकाले अब सचेत बनौँ । सतर्कता अपनाऔँ जसले गर्दा अर्को विपत्ति नआओस् ।

Share.

Leave A Reply