मानो खानुपर्दाको पीडाले प्रचण्ड नेपाल पार्टी फुटाउने दौडमा छन् : मुख्यमन्त्री गुरुङ

0

डोलराज रानाभाट, माघ २०, गैँडाकोट । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेता कार्यकर्ता तथा आमजनतालाई भ्रममा नरहन प्रष्ट पार्दै केपी ओलीले नेतृत्व गरेको नेकपा पार्टीनै  आधिकारिक नेकपा भएको बताउनुभएको छ । चुनाव चिन्ह कसको भन्ने त प्रश्ननै होइन गुरुङले भन्नुभयो, पार्टीबाट चोइटिएर जाने कहि संस्थापन हुन्छ ? नेकपा हाम्रै हो ।  सूर्य चिन्ह हाम्रै हो । जुन पार्टीले जनयुद्धका कतिपय विरासत र जवजका सार कुरालाई अन्तरघुलन गरेका छौँ । त्यसैले आजको दिनमा प्रचण्डले भनेजस्तो जहाँ जहाँ प्रचण्ड गए त्यहाँ त्यहाँ माओवादीको विरासत हुने होइन । माओवादी क्रान्ति गर्ने प्रमुख नेताहरु कहाँ कहाँ हुनुहुन्छ खोजनौँ । त्यसैले प्रचण्ड एक्लो भइसक्नुभयो ।”

सोमवार नेकपा मध्यविन्दु नगर कमिटीले मध्यविन्दु–१० को अरुणखोलाको नेवा गुठीमा आयोजना गरेको अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि मानो खाएर बस्नुपर्दाको पीडाले छटपटी भएर अध्यक्ष बन्ने मोहले नेपालले मूल घर छाडेको बताउँदै गुरुङले प्रचण्ड नेपाल दुवै जना अवसरवादी भएको आरोप लगाउनुभयो । स्पष्ट नीति सिद्धान्तले पार्टीलाई एक ढिक्का राख्ने केपी ओली नेतृत्वको पार्टी छाडेर कहिँ नजान आग्रह गर्दै उहाँले अवसरवादी नेताहरुको पछि लाग्दा आफ्नो र देशको भविष्य नरहेको उहाँको भनाई थियो । प्रचण्ड माधव नेपालले सिद्धान्तमा असहमति जनाउन नसकेको भन्दै पदको लोभले मरिहत्ते गर्ने दुवैजनाको वानीले उहाँहरु सडकमा गएको गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो,“अध्यक्ष हुने, प्रधानमन्त्री हुने तृष्णा मेटिएको छैन । १५ वर्षसम्म पार्टी चलाउने माधव जी । चरम महत्वकाक्ष छ उहाँमा । मनमोहन जीले बनाइदिनुभएको पार्टी,मदन भण्डारीले बैचारिक वाटो बनाइदिनुभएको पार्टी,मनमोहनले सरकार चलाएर लोकप्रिय बनाएको पार्टी, त्यो विरासतको सिरानी हालेर उहाँ पार्टीको महासचिव त वन्नुभयो । तर जल्दोवल्लो पार्टी ३३ सीटमा सीमित गराउनुभयो । अनि अहिले अध्यक्ष बन्ने मोहले उहाँलाई अझ सताएको छ ।”

अहिलेको परिस्थितीले निराश, चिन्तित बनाएपनि धेरै विश्वास रहेको भन्दै उहाँले नेपाली राजनीतिमा बिजुली चम्के जसरी आएका प्रचण्ड त्यसैगरी पलायन हुने बताउनुभयो । नेपाली कम्युनिष्ट आन्दोलनका मोहन बिक्रम सिंह, मोहन बैद्य सहित बाबुराम भट्टराई सम्मले एक्लो बनाएका प्रचण्डलाई विश्वास गर्न नहुने भन्दै भारतीय नाकाबन्दी देखि लिपुलेक, कालापानी समेटेर नक्सा जारी गरेपछि नेपाल र प्रचण्डले निउ खोज्न थालेको गुरुङको भनाई थियो ।

साथै निर्वाचनमा आयोगमा पार्टीका वहुमतका आधारमा नभई सहमतिका आधारमा बैठक वस्ने, एजेण्डा लैजाने लगायतका प्रावधान सहित विद्यान रहेकाले जहाँ अध्यक्ष र महासविच हुनुहुन्छ त्यो नै आधिकारिक भएकाले चुनाव चिन्हमा कुनै पनि विवाद नरहेको उहाँको भनाई थियो ।

 

Share.

Leave A Reply