भारतबाट विषादीयुक्त टमाटर लगायत तरकारी आयात रोक्न माग

0

डोलराज रानाभाट, गैँडाकोट, माघ १८ । भारतबाट विषादीयुक्त टमाटर सहित तरकारीजन्य बस्तुहरुको आयात रोक्न चितवनका किसानहरुले माग गरेका छन् ।
आज भरतपुरको चौविसकोठीमा जिल्लाभरका व्यसायिक तरकारी खेती गर्ने किसानहरु भेला भएर सरकारको नीतिको विरोध गर्दै आफ्नै किसान पक्राउ गरिएको भन्दै विरोध समेत गरेका थिए । जिल्लाभर पुग्ने तरकारी चितवकै किसानहरुले उत्पादन गरेको भन्दै भारतबाट आयात हुने विषादीयुक्त तरकारी रोक्न सरकारलाई भनेका छन् ।


केही दिन अघि भारतबाट टमाटर ल्याएर आएको ट्रकलाई नियन्त्रणमा लिएको आरोपमा पक्राउ परेका किसान दिपक गुरुङको रिहाई गर्न उनीहरुको माग थियो । गुरुङले भारतीय टमाटर रोकिनु पर्ने आवाज उठाउँदा विचौलियाको जोडमा प्रहरीले उनलाई पक्राउ गरेको किसानहरुको आरोप थियो ।

चार वर्ष अघि विदेशी भूमि इजरायलबाट नेपाल फर्किएका दिपक गुरुङले ठूलो क्षेत्रमा टमाटर खेती गर्दै आउनुभएको छ । ती टमाटर वारीमै कुहिँदा बजार नपाएको तर भारतीय उत्पादन छ्यापछ्याप्ती बजारमा पाइने भन्दै स्थानीय उत्पादनलाई प्राथमिकता दिन उनीहरुले माग गरेका छन् । पक्राउ परेका गुरुङको निशर्त रिहाइको माग गरेको उनीहरु जिल्ला प्रहरी कार्यालय अगाडिको गेष्टहाउस चौरमा कोण सभा गरेका थिए ।

कोणसभामा बोल्ने वक्ताहरुले विचौलियाको अन्त्य गरी स्थानीय उत्पादनको बजारीकरणमा जोड दिन सरकारलाई भनेका थिए । यता प्रहरीले भने गुरुङ सहितको केही समूहले भारतीय ट्रकलाई नियन्त्रणमा लिई त्यहाँ भएका तरकारी जन्य वस्तुहरु नष्ट गरेको निवदेन ट्रक चालकबाट परेको र सोही अनुसार नियन्त्रणमा लिएको बताएको छ । तर अहिले तारेखमा छुटेको भन्दै समाधानका लागि वार्ता भइरहेको जनाइएको छ ।

Share.

Leave A Reply