जेसीजद्वारा शैक्षिक सामग्री वितरण 

0

गैंडाकोट ।

गैंडाकोट जेसीजले आईतबार गैंडाकोट ७ स्थित जनकल्याण बाल विकास केन्द्रमा शैक्षिक सामग्री वितरण गरेको छ । बाल विकास केन्द्रमा रहेका २७ जना बालबालिकालाई कपि, कलम लगायतका शैक्षिक सामग्री सहित विद्यालयलाई शैक्षिक पोष्टर हस्तान्तरण गरिएको हो ।
जेसीजका अध्यक्ष दया सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गैंडाकोट ७ का वडाअध्यक्ष चोलानाथ उपाध्याय रहनुभएको थियो । प्रमुख अतिथि उपाध्यायले शैक्षिक सामग्रीको सहयोगले विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुग्ने बताउनुभयो ।

शिक्षिका अनिता नेपालीले सहयोगी मनलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा सहयात्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्षुमण ओझा, जेसीजका संस्थापक अध्यक्ष वद्रि सापकोटा, पूर्व अध्यक्ष गोविन्द कंडेल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम जेसीजका महासचिव राजेश पौडेलले सञ्चालन गर्नुभएको थियो भने संयोजन कार्यकारी उपाध्यक्ष मदन सापकोटाले गर्नुभएको थियो ।

Share.

Leave A Reply