झपर्दी नमुना टोलमा नयाँ नेतृत्व, अध्यक्षमा हर्क भुजेल

0

गैँडाकोट, १८ माघ । झपर्दी नमुना टोल बिकास संस्थाको तेस्रो साधारण सभा र दोस्रो अधिवेशन हिजो सम्पन्न भएको छ ।

सो अधिवेशनबाट अध्यक्षमा हर्क बहादुर भुजेल चयन हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा रामकुमारी रिमाल, सचिवमा प्रदिप तिवारी, कोषाध्यक्षमा शारदा साही, सह सचिवमा सरिता आचार्य, सह कोषाध्यक्षमा अम्बिका सिग्देल चयन हुनुभएको छ ।

यसैगरि सदस्यहरुमा शुभद्रा आचार्य, लक्ष्मी पोख्रेल, सूर्य रानाभाट, रस्मी कट्टेल, बिमल पौडेल, तिलक सापकोटा, गिता तिवारी रहनुभएको छ । लेखा सुपरिवेक्षण समितिमा संयोजक जयलाल पराजुली, सदस्यहरुमा गणेश देवकोटा, भोजराज श्रेष्ठ, तिलक सापकोटा चयन हुनुभएको छ ।

वडाअध्यक्ष कृष्ण प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम हर्क भुजलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply