पूर्विय संस्कार अनुरुप जन्मदिन मनाउन शिवालय सेवा समितिको आग्रह

0


गैँडाकोट, १७ माघ । पूर्वीय धर्म संस्कृति र सभ्यताको जगेर्नाका लागि गोपेश्वर महादेव मन्दिर बोलबम धाम शिवालय सेवा समिति गैँडाकोट २ ले फरक अभियान सुरु गरेको छ । पूर्वीय संस्कृतिको जगेर्नाका लागि पूर्वीय संस्कारबाट जन्मदिन मनाउने अभियान नै थालेको मन्दिरका अध्यक्ष वेदप्रसाद गौडेलले बताउनुभयो ।

माघ १२ गते मन्दिरको कार्यसमितिको बैठकबाटनै धार्मिक विधि पूजा तथा अष्टचिरञ्जीवी आशिर्वचन सहित जन्मोत्सव मनाउने माघ १३ गतेबाट प्रारम्भ गरेको हो । धर्मसंस्कृति मनाउने अभियानमा अध्यक्ष गौडेलले सबै जनमा आग्रह समेत गर्नुभएको छ ।

आज शनिबार यसै अभियान अन्तर्गत मन्दिरका पूर्व सल्लाहकार धार्मिक सामाजिक व्यक्तित्व तिलकप्रसाद सापकोटाको ७८ औँ जन्मदिन उहाँकै निवाशमा पुगि मनाइएको मन्दिरका अध्यक्ष गौडेलले जानकारी दिनुभएको छ ।

Share.

Leave A Reply