स्वतन्त्र भूतपूर्व सैनिक साकोसद्धारा ८५ वर्ष माथिका शेयर सदस्यलाई सम्मान

0

गैँडाकोट, १६ माघ । स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लि ल आफ्ना शेयर सदस्यलाई सम्मान गरेको छ । ८५ बर्ष भन्दा माथीका शेयर सदस्यलाई सदस्य बृद्व सदस्य केयरी कोष बाट ३०० रुपैंया पेन्शन को ब्यवस्था समेत गरेको छ । साथै कोरोना बिमा बापतको रकम १ लाख रकम बिमित राम भण्डारीलाई हस्तान्तरण गरिएको छ ।

संस्थाको सभाहलमा भएको कार्यक्रममा ११ जनालाई सम्मान व्यक्त गरिएको संस्थाका व्यवस्थापक शिव पौडेलले जानकारी दिनुभएको छ । स्वतन्त्र भूतपूर्व सैनिक साकोसका अध्यक्ष भूपाल सिंह छन्त्याल थापाले सदस्यको सन्तुष्टि नै आफूहरुकोे पहिलो प्रथामिकता भएको बताउनुभएको छ ।

भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाका अध्यक्ष गुरु बहादुर थापा र भूतपूर्व सैनिक महिला समूहका उपाध्यक्ष गीता क्षेत्रीले संस्थाले सामाजिक उत्तरदायित्वको भूमिका खेलेको भन्दै प्रशंसा ब्यक्त गर्नुभएको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष रामभक्त लम्सालले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण सचिव वेदवन्दु रेग्मीले गर्नुभएको थियो ।

Share.

Leave A Reply