गैँडाकोट, १६ माघ । गैँडाकोट जेसिजले शुक्रबार दीप प्रज्वलन गरि शहीद दिवश मनाएको छ । गैँडाकोट नगरपालिकाको कार्यालय परिसरमा जेसीजले दीप प्रज्वलन गरि कार्यक्रम मनाएको हो । कार्यक्रममा प्रमुख अतिथि गैँडाकोट नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नवराज कंडेल रहनुभएको थियो भने विशिष्ट अतिथिमा गैँडाकोट जेसिजका संस्थापक अध्यक्ष बद्रि सापकोटा रहनुभएको थियो ।
विपिन सापकोटाको संयोजकत्वमा भएको कार्यक्रमको सहजीकरण महासचिव राजेश पौडेलले गर्नुभएको जेसि क्षितिज आचार्यले जानकारी दिनुभयो । कार्यक्रम गैँडाकोट जेसीजका अध्यक्ष दया सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।