मानव अधिकार तथा शान्ति समाज नवलपुरको २० औँ जिल्ला परिषद गैँडाकोटमा सम्पन्न

0


गैंडाकोट, १६ माघ । मानव अधिकार तथा शान्ति समाज नवलपुर शाखाले आफ्नो २० औं जिल्ला परिषद गैंडाकोटमा सम्पन्न भएको छ । समाजका अध्यक्ष माधवप्रसाद गौतमको अध्यक्षतामा भएको २० औं जिल्ला परिषद एवं ११ औं अधिवेशनका क्रममा असंवैधानिक एवं अलोकतान्त्रिक तवरमा प्रतिनिधि सभा विघटन ः प्रतिगमनको सिलसिला बिषयक गोष्ठी पनि सम्पन्न गरेको थियो ।

गोष्ठीमा समाजका सचिव कृष्णप्रसाद पराजुलीले मानव अधिकार तथा शान्ति समाज नवलपुर शाखाले वर्षभरी गरेका गतिविधिहरुको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


गोष्ठीमा बिभिन्न बक्ताहरुले असंवैधानिक एवं अलोकतान्त्रिक विधिबाट प्रम केपी ओलीले प्रतिनिधि सभा विघटन गरेको भन्दै त्यसको कडा शब्दमा निन्दा गरेका थिए । गोष्ठीका प्रमुख अतिथी तथा नेपाली काँग्रेसका गण्डकी प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले सारा समाज असंवैधानिक कदमका विरुद एकातिर छ, तर वहाँ अगाडी बढिरहनु भएको छ । हामी वहाँको तानशाहका विरुद लाग्नु पर्ने अवस्था आएको बताउनुभयो ।

गोष्ठीमा आफ्ना भनाइहरु राख्दै मानव अधिकार तथा शान्ति समाज संस्थापक सभापति कृष्ण पहाडीले असंवैधानिक कदम बिरुद्धको आन्दोलनमा जनताको सहभागिता नहुनुमा जनतामा राजनीति पार्टीहरु प्रतिको अविश्वासका कारण भएको बताउनुभयो ।

गोष्ठीमा गैडाकोट नगरपालिका की उपप्रमुख बिष्णु कुमारी कँडेल, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अमृत भट्टचन, नेकपाका नगर अध्यक्ष षडानन्द लामिछाने, शान्ति समाजका गण्डकी प्रदेश सचिव श्याम सुन्दर पराजुली, केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनाल, संस्थापक केन्द्रीय सदस्य कृष्ण कँडेल, समाजका केन्द्रीय सभापती उत्तम पुडासैनी लगायतका रहनुभएको थियो । समाजका नवलपुर उपसभापति सुरेन्द्रराज अधिकारी स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको संचालन नवलपुर सचिव कृष्णप्रसाद पराजुलीले गर्नुभएको थियो ।

Share.

Leave A Reply