पुननिर्माणको काम सम्पन्न गर्नेमा पहिलो जिल्ला बन्ने दावी सहित नवलपुरको काम अन्तिम चरणमा

0

डोलराज रानाभाट, माघ १५, गैँडाकोट । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ नवलपुरले आगामी वैशाख १२ सम्म निजी आवास तर्फको सम्पूर्ण कार्य सक्ने लक्ष्य लिएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीको प्रमुख आतिथ्यतामा आज भएको जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै नवलपुर इकाइ प्रमुख राजेन्द्र कार्कीले वैशाख १२ सम्म निजी तर्फको कार्य सम्पन्न हुने गरी काम भएको जानकारी दिनुभयो । अहिलेसम्म गरेका पुननिर्माण कार्यलाई तीन चरणमा विभाज गरि आगामि बैशाख १२ गते सम्म सबै कार्य सक्ने लक्ष रहेको बताउनुभयो ।


माघ मसान्तसम्म पहिलो, फागुनमा दोस्रो गर्दे यसको कार्य सम्पन्न गर्ने गरि काम भइ रहेको उहाँको भनाई छ । जिल्लामा प्रवलिकरण अन्तरर्गत सवै काम सम्पन्न भएको बताउनुभयो । यस्तै भुकम्पबाट प्रभावित देशभरका ३२ जिल्ला मध्ये सबै भन्दा चाडै पुननिर्माणको कार्य सम्पन्न गर्ने पहिलो जिल्लाका रुपमा नवलपुरलाई घोषणा गर्ने तयारीका साथ काम अघि बढेको इकाइ प्रमुख कार्कीले बताउनुभयो ।
कुल लाभग्राही ११ सय १ जना रहेकोमा २ जनाले रकम फिर्ता गरेका छन् । वाँकी रहेका १०९९ मध्यमा ११ जना प्रवलीकरणका र १७ जना मर्मत तर्फका लाभग्राहीले आफ्नो सम्पूर्ण कार्य सकाएका छन् । वाँकी १०७१ पुननिर्माण तर्फका लाभग्राहीले पनि घरनिर्माणलाई तिव्रता दिएका छन् । हालसम्म ९५४ जनाले अन्तिम किस्ता लिइसकेका छन् । वाँकी ११७ जनाले पनि घर बनाइरहेको तर बजेट अभावले प्रगतिमा राख्न वाँकी रहेको उहाँको भनाई छ । जिल्लामा ८ जना लाभग्राहीहरुको विभिन्न समस्या रहेका छन् । ती मध्ये ३ जनाले पुन सम्झौता कार्यान्वयनमा जोड दिएका छन् भने २ जनालाई सम्पर्क विहीन र केहीको घर बनाउन कठिन भएको अवस्था रहेको छ ।


३२ जिल्लामध्ये सवैभन्दा पहिला पुननिर्माण सम्पन्न गर्ने लक्ष्य राखेको जिल्लाले फागुनसम्म खर्च गर्न दिएको १ करोड बजेट सकिएको र १ करोड अहिले नै निकासा गरिदिए सहज हुने उहाँको भनाई छ ।

शिक्षातर्फ भने बजेट अभावले सोचेअनुरुप प्रगति हुन सकेको छैन । काम सम्पन्न भएपनि बजेट अभावले प्रगतिमा राख्न कठिन भइरहेको शिक्षा इकाइका प्रमुख राजेश्वर पराजुलीले बताउनुभयो । आर्थिक वर्ष २०७३/०७४ बाट मात्रै विद्यालयहरुको पुननिर्माण सुरु गरेको भन्दै पराजुलीले धेरै विद्यालयहरु ग्रामीण क्षेत्रमा रहेको बताउनुभयो ।

बर्षा समय निर्माण सामाग्री ढुवानीमा समस्या हुँदा पनि भौतिक प्रगति ६० प्रतिशत भएको उहाँले बताउनुभयो । बजेट प्राप्त भए सवै काम समयमै सम्पन्न हुने भन्दै २१० वटा विद्यालयलाई भूकम्पले क्षती पुर्याएको र २६८ वटा कक्षा कोठा निर्माण भइसकेको बताउनुभयो । २७१ वटा को निर्माणाकार्य जारी रहेको छ । गत असारमा सम्झौता गरेर निर्माण सुरु गरेका अधिकाँश विद्यालयले ढलानको कार्य सकेको तर बजेट अभावले रकम निकासा गर्न नपाएको बताउँदै बजेटको याथसक्य व्यवस्थ मिलाइदिन प्रमुख कार्यकारी अधिकृतलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पनि पहिलो सफल जिल्ला घोषणमा आफ्नो पूर्ण साथ रहेको भन्दै बजेट अभाव हुन नदिने बताउनुभएको छ । कार्यक्रममा जिल्लाभरका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियरहरको सहभागीता रहेको थियो । जिल्ला समन्वय समिति प्रमुख चेसराम आलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मनमाया पगेनी भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply