धुर्मुस सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरद्धारा थप चार करोड सहयोग

0

चितवन, माघ १५ । भरतपुर महानगरपालिकाले वडानम्वर १५ मा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेश रंगशालालाई थप ४ करोड सहयो गरेको छ । महानगरपालिका प्रमुख रेनु दाहालले हिजो धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई सो रकम बरावरको चेक हस्तान्तरण गर्नुभयो । यसअघि महानगरले फाउण्डेसनलाई चार करोड दिइसकेको छ ।
चेक हस्तान्तरण गर्दै महानगर प्रमुख दाहालले महानगरको आन्तरिक स्रोतबाट रंगशाला निर्माण कार्यका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई पटकपटक गरी पहिले चार करोड र अहिले थप चार करोड रुपैयाँ दिइएको जानकारी दिनुभयो ।

महानगरबाट प्राप्त चेक ग्रहण गर्दै धुर्मुसले रंगशाला निर्माणको कामलाई अगाडि बढाउन यो सहयोगले सहज बनाएको बताउनुभयो । उहाँले स्थानीय सरकार र जनताको सहयोगमा रंगशाला निर्माण कार्यलाई टुंगोमा पु¥याइने बताउनुभयो । रंगशाला निर्माण सहयोगार्थ यसअघि महायज्ञको आयोजना गरिएको थियो ।
चेक हस्तान्तरणको अवसरमा भरतपुर महानगर प्रमुख रेनु दाहालसँगै उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायतको उपस्थिति रहेको थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत जोशीले भरतपुर महानगरपालिकाको गौरवको आयोजनाको रुपमा लिइएको रंगशाला निजी क्षेत्रको समेत सहयोगमा निर्माण सम्पन्न गरिने बताउनुभयो ।

Share.

Leave A Reply