अक्षयकोषबाट गैँडाकोटको विद्यालयमा खेलकुद सामाग्री सहयोग

0

गैँडाकोट, माघ १४ । काठमाण्डौ निवासी पुष्पा आचार्य कोईरालाले ५० लाख अक्षय कोषको स्थापना गर्नु भएको छ ।

भूतपूर्व प्रधानमन्त्री स्वर्गीय टकप्रसाद आचार्यको छोरी समेत रहनुभएको उहाँले आर्थिक अवस्था कमजोर भएका वालवालिकाहरुलाई आर्थिक सहयोग गर्ने उद्देश्यले अक्षयकाषको स्थापना गनुृभएको बीरभद्र आचार्यले जानकारी दिनुभयो ।

 

उक्त अक्षयकोषमा रहेको मूल रकमबाट प्राप्त व्याज मार्फत आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्य अनुरुप सवैभन्दा पहिला गैँडाकोटमै रहेको विद्यालयमा उहाँले सहयोग गर्नुभएको हो ।

No description available.

आज गैँडाकोट १३ शिख्रौलीमा रहेको नारायणी आधारभूत विद्यालयमा अध्ययन गर्ने वालवालिकाहरुलाई अतिरिक्र क्रियाक्लापका लागि खेलकुदका सामाग्री सहयोग गर्नुभएको स्थानीय लुकुश धितालले जानकारी दिनुभयो ।

गैँडाकोटलाई पहिलो प्राथमिकता दिएर कार्यक्रम अघि वढाउने बताउँदै आचार्यले आगामी दिनमा अन्य विद्यालयमा पनि सहयोग गर्ने बताउनुभयो । सामाजिक सेवाका लागि उक्त कार्यका थालनी गरेको र आर्थिक हैसियत कमजोर भएका विद्यार्थीलाई सहयोग गर्ने गरी काम गर्ने बिरभद्र आचार्यले विजय एफएमलाई जानकारी दिनुभयो ।

 

आजको कार्यक्रममा वडा अध्यक्ष पदम पौडेल,वडा सदस्य तोयानाथ पौडेल,सन्तोष धिताल, अशोक शर्मा,लिला आचार्य, क्लब का अध्यक्ष ऋषि गौतम, बिष्णु गौतम लगायतको कार्यक्रममा सहभागीता रहेको थियो ।

Share.

Leave A Reply