पहिलो चरणको पहिलो दिन नवलपुरमा २०० जनाले लगाए कोरोनाविरुद्धको खोप

0

डोलराज रानाभाट, माघ १४, गैँडाकोट । नवलपुरमा कोरोना भाइरस विरुद्धको खोप लगाउन थालिएको छ ।

आज विघटीत प्रतिनिधि सभाका सदस्य तिलक महत, प्रदेशसभा सांसद विष्णु लामिछाने, गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेल, प्रमुख जिल्ला अधिकारी मनमाया पगेनी भट्टराई लगायतको उपस्थितीमा खोप अभियानको शुभारम्भ गरिएको हो ।

मध्यविन्दु जिल्ला अस्पतालका अध्यक्ष गोपाल खानालको अध्यक्षतामा भएको कार्यक्रममा खनाल स्वयमलाई , अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेन डा. सुनिल गौतम र महिला स्वास्थ्य स्वयम्सेविकालाई खोप लगाएर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

आज कावासोती, देवचुली र हुप्सकोट गाउँपालिकाका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई खोप लगाइएको छ ।

आज २०० जनालाई खोप लगाइएको र भोलि गैँडाकोट मध्यविन्दु र विनयी त्रिवेणीका स्वास्थ्यकर्मी, महिला स्वस्थ्य स्वयम्सेविकहरुलाई खोप लगाइदैछ । जसमा १२९ जना महिला र ७१ जना पुरुषले खोप लगाएका हुन् । विहान १० बजेदेखि खोप लगाइने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।

Share.

Leave A Reply