गैँडाकोट, १४ माघ । गैँडाकोट १ को आधारभूत स्वास्थ्य इकाइको भवनमा बुधबारदेखि स्वास्थ्य सेवा शुभारम्भ भएको छ । गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले स्वास्थ्य इकाइ भवनको समुद्घाटन गर्नुभएको छ । समुद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख पौडेलले जनस्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखि काम गरेको बताउनुभयो ।
कार्यक्रममा भवन निर्माणमा जग्गा उपलब्ध गराउने परिवारका सबै सदस्यहरुलाई सम्मान गरिएको थियो ।
यो पनि पढ्नुहोस
पौडेल परिवारले जग्गा उपलब्ध गराएपछि अन्ततः बन्ने भयो स्वास्थ्य चौकी