चितवनमा ३ वटा केन्द्रबाट कोरोनाविरुद्धको खोप लगाइदै

0


डोलराज रानाभाट
माघ १४, चितवन । चितवन जिल्लामा आजबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार ३ वटा खोप केन्द्रबाट कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको हो ।

भरतपुर अस्पताल, रत्ननगरको बकुल्लहर अस्पताल र माडीको बघौडा अस्पतालबाट जिल्लाभर कुल ६ हजार २ सय जनालाई खोप दिने तयारी रहेको छ ।
भतरपुरमा मात्रै संघीय मातहतको भरतपुर अस्पतालको केन्द्रबाट ४ हजार ५ सय जनालाई खोप लगाउने तिवारीको भनाई छ । जिल्लामा अहिले ४ हजार २ सय डोज खोप आएको र छ प्रतिशत खेर जाने अनुमान गरिएको उहाँले बताउनुभयो । स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, सरसफाईकर्मी, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्वुलेन्सकर्मीलाई पहिलो प्राथमिकतामा राखिएको छ ।


फाइजरको भन्दा अक्सफोर्डको खोप सुरक्षित रहेको भन्दै खोप पछि हुने सक्ने संभावित घटनालाई मध्यनजर गरेर उद्दार तथा व्यवस्थापनका लागि तीन वटै केन्द्रमा टोली बनाइएको छ भने एम्बुलेन्सलाई पनि तयारी अवस्थामा राखिएको छ । भरतपुर अस्पतालमा डा. युवा निधि बसौला, बकुलहरमा रामचन्द्र श्रेष्ठ र माडीमा रन्जु सिँहको नेतृत्वमा टोली बनाइएको हो ।
चितवनमा कोभिड विरुद्धको अभियानमा लागेको निजी अस्पतालका स्वास्थ्यकर्मीलाई पनि यस पटक खोप दिइने छ तर अन्य क्लिनिकमा कार्यरतहरुलाई भने दोस्रो चरणमा राखिएको छ ।
निमित्त मेसुलाई पहिलो खोप
संघीय मातहतको भरतपुर अस्पतालमा निमित्त मेडिकल सुपरीटेण्डेनलाई पहिलो खोप लगाएर पहिलो चरणको कोरोनाविरुद्धको खोप अभियानको सुरुवात गरिएको छ । खोप बारे केही भ्रम समेत रहेकाले अस्पतालकै प्रमुखबाट सुरु भएपछि चनचेतनालाइ पनि सहयोग पुग्ने र अभियानलाई सफल बनाउन सकिने अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले बताउनुभयो ।
अस्पतालका सवै स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई खोप दिइने छ । स्वास्थ्यकर्मीले अन्य सर्वसाधरणहरुलाई खोप लगाउने चरणपनि आउने हुनाले पहिला उहाँहरुलाई प्राथमिकतामा राखेको अधिकारीले बताउनुभयो । कोभिड १९ विरुद्धको खोप सँगै अव कोरोना परास्त गर्ने अभियान सुरु भएको उहाँको दावी छ ।

Share.

Leave A Reply