गैँडाकोट, माघ १४ । राष्ट्रिय परिचय पत्र बनाउन जाँदा गैँडाकोट ४ का एक दम्पत्तीको नागरिकता हराएको छ । गैँडाकोट ४ झपर्दी शुभश्री टोल निवासी सिताराम देवकोटा र यम माया देवकोटाको नाममा रहेको नागरिकता हिजो विहान १० बजेदेखि हराएको हो ।
राष्ट्रिय परिचय पत्र अभिलेखिकरणका लागि जाँदै गर्दा बाटोमा खसेको र पछि कार्यालयमा पुगी नागरिकता खोज्दा नभेटिएपछि हराएको थाहा पाएको देवकोटाले बताउनुभयो ।
कसैले नागरिकता टिपेको देखेको तर कसले लग्यो भन्ने पत्तो नपाएकोले नाकरिकताको कभरभित्र ५ सय रुपैया रहेको र यदि भेटाउनुहुनेले फिर्ता गरिदिए थप ५ सय रुपैया पुरस्कार स्वरुप दिने देवकोटाले बताउनुभयो ।
नागरिकता फेला पार्नेहरुलाई मोवाइल नम्वर ९८४५२०४५६९ र ९८४५१५२६७९ मा वा नजिकको प्रहरी तथा विजय एफएमको कार्यालयमा बुझाइदिन उहाँको आग्रह रहेको छ ।