योजनागत रूपमा नै काम हुनेछ : मन्त्री रामशरण बस्नेत

0


गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतले गैँडाकोटका विकासनिर्माणका योजनाहरुको अनुगमन गर्नुभएको छ । आइतबारगैँडाकोट १८ को अवलोकन गर्दै उहाँले जनतालाई विकासको आभासगराउने गरीप्रदेशले काम गरिरहेको बताउनुभयो । सो क्रममा उहाँ गैँडाकोट १८ को उच्च पहाडी क्षेत्र दमार, बसेनीलगायतका स्थानको अवलोकन गर्नुभएको थियो । प्रदेशले सो क्षेत्रमा गरेका विकास निर्माण कार्यको निरीक्षण गर्दै जनताकै सहजताका लागि र समृद्ध प्रदेश बनाउने हेतुले विकास निर्माण कार्यलाई अगाडि बढाइने बताउनुभयो । अवलोकनका क्रममा गैँडाकोट १८ का समस्यालाई गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख विष्णुकुमारी कंडेल, गैँडाकोट १८ का वडाध्यक्ष तिलबहादुर चितौरेलगायतले जानकारी गराउनुभएको थियो । सो क्रममा प्रदेश सांसद रोशन गाहा मगर, विष्णुप्रसाद लामिछाने लगायतको उपस्थिति रहेको थियो । यसै सन्दर्भमा हामीले गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, मन्त्री बस्नेतसँग माया कंडेलले गर्नुभएको कुराकानीको सम्पादित अंश ः


राष्ट्रिय राजनीतिले विकास निर्माण कार्यमा कस्तो प्रभाव पारेको छ ?
राष्ट्रिय राजनीति तरङ्गित हँुदा प्रदेशमा त प्रभाव पर्छ नै तर गण्डकी प्रदेशमा भने यसले धेरै प्रभाव पारेको छैन । तीन तहका सरकार हँुदा तीन तहकै सरकारले फरक बजेट ल्याएको हुनाले विकासमा खासै प्रभाव त पर्दैन तर संघीय सरकारसँग बजेट कार्यान्वयन नभइसकेको र स्वाभाविक रुपमा प्रदेश र स्थानीय सरकारसन्ग बजेट आवश्यक परेको हँुदा छिटफुट रुपमा प्रभाव पारेको छ ।
विकासमा कोरोनाको प्रभाव कस्तो देखिन्छ ?
कोरोनाले प्रभाव पारेपनि विकास निर्माणका काम हामीले रोकेनौं । कोरोनाका कारण जति हुनुपर्ने हो त्यति नभए पनि केही प्रभाव त पा¥यो । गण्डकी प्रदेशका कैयौँ खोलामा पुल बनेको छ । विद्युतीकरण पुगेको छ । बाटो बनेको छ । विकासले गति लिएको छ । मैले भन्नुभन्दा जनताले यसको मूल्याङ्कन गरिरहेका छन् । गण्डकी प्रदेश सरकार बनिसकेपछि गण्डकी प्रदेशमा विकास निर्माणका कार्यक्रमहरु अगाडि बढेका छन । जनतालाई सहज बनाउने हिसावले प्रदेश सरकार अगाडि बढेको छ । समृद्ध प्रदेश र सुखी नागरिक बनाउने तर्फ नै हामी अगाडि बढेका छौं ।
नवलपुरमा नमुना सदरमुकाम बनाउने योजनामा किन ढिलाइ भइरहेको छ ?
नवलपुर धेरै जनसंख्या भएको सहरका रुपमा विकसित हुँदै छ । बसाइसराइ तीव्र छ । गुरुयोजना नबनाई जहाँ पायो त्यहीँ बस्ती बसाल्नाले सहर कुरुप हुन्छ । योजनाअनुसार नै अगाडि बढनुपर्छ । घरहरु पूर्वपश्चिम र उत्तरदक्षिण फर्कने गर्दा कुरुप बन्छन्। अहिले सहरीकरणका विषयमा प्रदेश सरकारले काम गरिरहेको छैन । संघीय सरकारले विशेष ध्यान दिन सके पक्कै छिटो बन्छ । प्रदेश सरकार आएपछि जनताको अपेक्षा नै पूर्वाधार विकासमा नै छ । त्यसैले पनि हामीले त्यसतर्फ ध्यान दिएर अगाडि बढेका छौं ।
गैँडाकोट १८ नम्बर वडामा बाटोको समस्या कहिले अन्त्य हुन्छ ?
गण्डकी प्रदेशमा ३६ निर्वाचन क्षेत्र छ । ३६ निर्वाचन क्षेत्रमा एक निर्वाचन क्षेत्रअन्तर्गत रहेर बाटो खनिएको हो र योबाटो अहिले वन कार्यालयले मुद्दा दायर गरेर अदालतमा छ । एउटाले उजुरी हालेर मुद्दा फाइनल नभएसम्म केही गर्न सक्दैनौं । हामी चाहिरहेका छौ यो बाटो बनोस् र नागरिकले सुविधा पाउन भन्ने होतर अदालतमा मुद्दा र बाटोमा रुख ढलेको छ त्यो रुख पन्छाउने अधिकार भौतिक पूर्वाधार मन्त्रालयलाई छैन । यो मुद्दा टुङ्गियो भने जनताले छिटो राहत पाउँथे र विकास हुन्थ्यो भन्ने हो । यसको जानकारी हामीले वन मन्त्रालयमा पनि गराएका छौं । जनतालाई सेवा दिने कुरामा हामी लागिरहेका छौं ।यातायातका कारण समयमै अस्पताल जान नपाउदा मृत्युवरण गर्न बाध्य छन् तर हामी यो बाटोलाई बनाउने प्रतिबद्धताका साथ अघि बढेका छौं । हामी यो समस्या समाधान गर्ने र बाटो बनाउने किसिमले अगाडि बढेका छौं । यसले पनि चाँडै पूर्णता पाउँछ भन्नेमा हामी विश्वस्त छौं ।
गैँडाकोट १८ को अवलोकन गरिरहँदा कस्तो महसुस गर्नुभयो ?
नवलपुर तराईको भूभाग भनेर जसरी सोचिरहेका थियौं, १८ नम्बर आइरहँदा एउटा दुर्गम बस्तीका रुपमा रहेको आपूmलाई अनुभूति भयो । यहाँ सडक, सिंचाइलगायत हरेक समस्या छ तिी समस्याको समाधान गर्नका निम्ति योजना बनाउनुपर्छ र समस्या समाधान गर्नुपर्छ भन्ने महसुस गरेको छु । योजनागत रुपमा नै काम हुनेछ भन्ने कुरामा सम्पूर्णलाई विश्वास दिलाउन चाहन्छु ।

Share.

Leave A Reply