राष्ट्रिय मिडियामै भ्रामक समाचार, २० संचारमाध्यमका ४९ हजार ५१ मा ३.७० प्रतिशत भ्रामक

0

गैँडाकोट, माघ १३ । नेपालका २० संचारमाध्यममा प्रकाशित ४९ हजार ५१ समाचारमा ३ दशमलव ७० प्रतिशत भ्रामक भएको पाइएको छ ।


राष्ट्रिय दैनिक पत्रिका तथा अनलाईनले भ्रामक सूचना, गलत स्रोत दिँदैनन् भन्ने आम मानिसमा रहने विश्वासमा केही धक्का लागेको मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले बताउनुभएको छ । उहाँका अनुसार लकडाउन सुरु भएदेखि ३ महिनाको अवधिमा देशका मुख्य राष्ट्रिय दैनिक र राष्ट्रिय अनलाईनमा प्रकाशीत समाचारहरुको अध्ययन र अनुसन्धान गरिएको हो ।

भ्रामक सूचना पहिचान तथा त्यसको निराकरणमा सक्रिय मिडिया एक्सनले राष्ट्रिय दैनिक पत्रिका १० र राष्ट्रिय अनलाईन १० गरी २० त्यस्ता पत्रिका तथा अनलाईनमा आएका समाचारको अध्ययन गरिएको थियो । राष्ट्रिय दैनिकका २३ हजार २९१ समाचार र अनलाइनमा आएका २५ हजार ७६० वटा समाचार अध्ययन गरिएको थियो । यी मध्ये १८ सय १७ वटा समाचारमा मात्रै भ्रामक पाइएको थियो । जसमा अखवारका ९०७ र अनलाईनका ९१० वटा समाचारमा त्यस्ता भ्रामक का आठ इन्डीकेटर पाइएको हो ।
भ्रामक के लाई भन्ने प्रश्नमा ८ वटा इन्डिकेटरहरु राखेर ती समाचारहरुको अध्ययन गरिएको अध्ययनमा सहभागी जेवी विश्वकर्माले जानकारी दिनुभयो ।


स्रोत उल्लेख नगर्ने, गलत जानकारी दिने, भ्रामक शीर्षक राख्ने,दुष्पचार, सामाजिक विविधता, अश्लिलता, गाली बेइजति मानहानी र गोपनीयता सम्वन्धी विषयमा गम्भीर अध्ययन गरिएको थियो । त्यसरी अध्ययन गर्दा स्रोत उल्लेख नगरिएकोमा ९५ दशमलव ७१ प्रतिशत, भ्रामक शीर्षकमा १ दशमलव ९८ प्रतिशत र दुष्पचारमा २ दशमलव १७ प्रतिशत भेटिएको छ । प्राय अन्तराष्ट्रि, खेलकुद र मनोरन्ज समाचारमा स्रोतको अभाव पाइएको हो ।

प्रतिवेदनको नेपालका लागि अमेरिकी राजदुत र्याण्डी वेरीले सार्वजनिक गर्नुभएको थियो । प्रतिवेदन सार्वजनिक गर्दै उहाँले पत्रकार र संचारमाध्यम जनतासँग प्रत्यक्ष जोडिने भएकाले सत्य र तथ्यमा आधारित भएर सूचना समाचार सम्प्रेषण गर्न आग्रह गर्दै त्यसो गरिए अझ जनविश्वास बढ्ने बताउनुभयो ।

मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले पत्रकारहरुको क्षमता बढाउन संचारमाध्यमले लगानी बढाउन आवश्यक भएको र स्रोतसँगै पुगेर समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । नेपाली संचारमाध्यम र पत्रकाहरुको क्षमता वढाउन साथै विश्वसनीयता बढाउन निरन्तर काम गरिरहेको भन्दै सत्य तथ्यमा आधार भएर सूचना समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । प्रतिवेदन सार्वजनिक पछि छलफल समेत गरिएको थियो ।

 

रिर्पोट अध्ययन गर्न यहाँ क्लिक गर्नुहोस

Share.

Leave A Reply