नेपाली सेनाद्धारा निर्मित बहुउद्देश्यीय हल हस्तान्तरण

0

गैँडाकोट, माघ १३ । बाढीको कटान तथा डुवानमा परेका जनतालाई आकस्मिक उद्धार केन्द्रको रुपमा प्रयोग गर्न सकिने गरी नेपाली सेनाले भरतपुर २२ घटगाईमा बहुउद्देश्यीय भवन निर्माण गरेको छ ।
साथै स्थानीय बासिन्दाको सामाजिक भेला, बैठक, बिभिन्न किसिमका तालिम, सेमिनार, गोष्टी लगायतका सामुहिक र सार्वजनिक कार्यक्रमहरु आयोजना गर्नको लागि सहज हुने चितवन राष्ट्रिय निकुञ्ज बटुकदल गण कसरा चितवनका गणपति प्रमुख सेनानी अरुण श्रेष्ठले जानकारी दिनुभयो ।


निर्माण सम्पन्न भएको भवन हिजो मध्य पृतना हेडक्वाटरका पृतनापति उपरथी ताराध्वज पाण्डेले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई हस्तान्तरण गर्नु भएको हो ।
नेपाली सेनाको क्वीक इम्प्याक्ट प्रोजेक्ट परियोजना अन्तर्गत २० वाई ५० फिटको उक्त भवन कार्तिक १८ गतेबाट दैनिक रुपमा बटुकदल गणका दक्ष ७ जना जनशक्तिका साथै अन्य सकलदर्जाहरुले निर्माण कार्य सम्पन्न गरेका थिए । नेपाली सेनाबाट प्राप्त बजेट र बटुकदल गणको सकलदर्जाको जनश्रमदान लगायत अन्य श्रोत साधन गरि करिव १८ लाख बराबरको लागतमा ट्रस्ट घर निर्माण गरिएको थियो । साथै भवन निर्माणको क्रममा भरतपुर महानगरपालिकाबाट फल्स सिलिङ्ग र ईलेक्ट्रिक वायरिङ्ग कार्यमा समेत सहयोग प्राप्त भएको नेपाली सेनाले जनाएको छ ।


यसले नागरिक सैनिक सम्बन्ध अभिबृद्धि गर्न तथा धेरै भन्दा धेरै स्थानीय जनताहरु प्रत्यक्ष लाभान्वित हुने किसिमले सामाजिक आर्थिक पूर्वाधार विकासका कार्यक्रमहरु अन्तर्गत नेपाली सेनाले यो कार्य गरेको बताइएको छ ।
बर्षायाममा राप्ती नदीमा आउने बाढीका कारण यस क्षेत्रमा बसोबास गर्दै आईरहेका करिव ६८ घरधुरी प्रत्यक्ष डुवानमा पर्ने गरेको विगतलाई मनन् गर्दै उक्त समयमा डुवान पर्ने स्थानीयबासीहरु बिशेष गरि बोटे समुदायलाई उद्धार गरि सुरक्षित राख्न, स्थानीय बासिन्दाहरुको परम्परागत तथा सांस्कृतिक कार्यक्रम, सामाजिक भेला तथा बैठक, बिभिन्न सेमिनार गोष्टी, तालिम र सामाजिक कार्यहरु आयोजनाको लागि उपयोगी हुने नेपाली सेनाले जनाएको छ ।

Share.

Leave A Reply