नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

0

गैँडाकोट, माघ १३ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने र पार्टीको १४ औं महाधिवेशनको तयारी तथा संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल हुने काँग्रेसले जनाएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खने भन्ने अलमलका बीच नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । यस अघि काँग्रेसले केन्द्र, प्रदेश र वडा वडामा विरोधको कार्यक्रम गरिसकेको छ । तर अवका दिनमा के गर्ने भन्ने विषयमा आज छलफल हुने बताइएको छ ।
काँग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै आउनुभएको छ। पार्टी सभापति शेरबहादुर देउवा भने आन्दोलन घोषणा गरिहाल्ने पक्षमा नभएको नेताहरुले बताउँदै आएका छन् ।

Share.

Leave A Reply