बौदीकाली गाउँपालिका १ र २ जोड्ने गरी पक्की पुल बन्ने

0

नवलपुर, माघ १२ । नवलपुर जिल्लाको पहाडी गाउँपालिका बौंदीकाली वडानम्वर १ र २ जोड्नका लागि पक्की पुल निर्माण हुने भएको छ ।
गाउँपालिकाका दुइ वटा वडा जोड्न उक्त पक्की पुलका गण्डकी प्रदेशका भौतिक पूर्बाधार बिकास मन्त्री रामशरण बस्नेतले आज शिलान्यस गर्नुभएको हो । उक्त शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले बिकास निर्माणमा सबै प्रदेश भन्दा गण्डकी अघि रहेको र अव ग्रामीण क्षेत्रको विकासमा केन्द्रीत रहेको बताउनुभयो ।
प्रदेशकै नमुना जिल्ला नवलपुर भएकाले यहाँको कृषि,पर्यटनको बिकासका लागि प्रदेश सरकार ले काम गरिरहेकाले प्रदेशको गौरबको आयोजनाका रुपमा रहेको पोखरा डेढगाउँ हुदैँ त्रिबेणी जोडने सडक बिस्तारले यहाँको बिकास अघि बढ्ने बताउनुभयो ।
अब बिकास र समिृद्धको यात्रामा लागौं सकरात्मक सोचका साथ अगाडि बढौं बिकासको मोडेल बनाएर जनताको मन जित्न लागौं त्यसबाट मात्रै प्रदेशको बिकासले सार्थकता पाउने मन्त्री बस्नेतले बताउनुभयो । करीब तीन करोड ४६ लाख ६५ हजारको लागतमा निर्माण हुने सो पक्की पुल ३५ मीटर लामो हुने छ भने आयोजना आगामी मंसीर ६ गते सम्पन्न हुने गरि सम्झौता भएको बौदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर रानामगरले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेश सांसदहरु बिष्णु लामिछाने र रोशनबहादुर गाहा मगर, बौंदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर राना ,श्याम सुन्दर श्रेष्ठ लगायतले पहाडी क्षेत्रको बिकासमा प्रदेश सरकार गम्भीर हुनु पर्ने बताउनुभएको थियो ।

Share.

Leave A Reply