जलुके खानेपानीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न,महत्वपूर्ण स्थानहरुमा सीसीटिभी जडान गरिने

0

पबित्रा पराजुली, गैँडाकोट, माघ १२ । जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १९ औँ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभा सदस्य कृष्णचन्द्र नेपालीले पछिल्लो समय उपभोक्तामा पिउने पानी सुरक्षित हुनुपर्छ भन्ने बिषयमा चेतना बढेको बताउँदै जलुके खानेपानीको संस्थागत विकासको लागी प्रदेश सरकारले सहयोग गदैँ आएको र आगामी दिनमा पनी सहयोग रहने बताउनुभयो ।
संस्थाका अध्यक्ष मोतीचन्द्र चालिसेले जलुके खानेपानीलाई नमुना खानेपानी आयोजनाको रुपमा राष्ट्रिय पहिचान दिलाउने गरि काम गरेको बताउनुभयो । यसकालागी ईन्टरनेट विलिङ पेमेण्ट , आफ्नो वेभसाइट मार्फत संस्थागत दैनिक क्रियाकलापको जानकारी दिएको बताउदै आगामी दिनमा मोवाइल एप्सबाट बोरिङको र खानेपानी वितरण पाइपलाइनको नियन्त्रण र सञ्चालन गर्ने कार्य चरणगत रुपमा सम्पन्न गर्ने बताउनुभएको छ ।
त्यस्तै कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाको उप–प्रमुख विष्णु कुमारी कंडेलले खानेपानी संस्था वोरिङको पानीमा मात्र भर पर्न नहुने बताउदैँ वैकल्पिक स्रोतको खोजी गर्न आग्रह गर्नुभएको छ । साथै उहाँले खानेपानी र सामुदायिक वन मिलेर खानेपानीको मुहानको संरक्षणमा गर्न पनि जोड दिनुभएको छ ।
कार्यक्रममा उपभोक्ताको तर्फबाट बोल्दै रञ्जना रेग्मीले उपभोक्तालाई जनचेतना बढाउने कार्यक्रम संचालन गर्न आग्रह गर्नुभएको छ । त्यस्तै उपभोक्ता शोभाकान्त काफ्लेले संस्थाले बचत भन्दा धेरै लगानी गर्न आवश्यक रहको बताउनुभयो ।

कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सचिव विष्णुप्रसाद पंगेनीले आगामी दिनमा कार्यालय परिसर, पानी प्रशोधन केन्द्र , रिजर्व वायर टंकी लगायतका स्थानहरुमा सुरक्षाको लागि सीसीटिभी जडान गर्ने , पानी प्रशोधन केन्द्रको सेडिमेन्टेसनमा वालुवा थप गर्ने र खानेपानी तथा सरसफाइ सम्बन्धि जनचेतना मूलक कार्यक्रम एवं सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन गर्ने बताउनुभएको छ ।

कोषध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै पार्वती शर्मा लम्सालले यस बर्ष संस्थामा २२ लाख २० हजार ७ सय ३३ बचत गरेको बताउनु भएको छ । लेखा समितिको प्रतिवेदन संयोजक शालिकराम आचार्यले प्रस्तुत गर्नुभएको थियो भने अनुगमन तथा मूल्यांकन समितिको प्रतिवेदन संयोजक धुवप्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै खानेपानी सुरक्षा समितिको प्रतिवेदन खानेपानी सुरक्षा समितिको संयोजक एकराज सापकोटाले प्रस्तुत गर्नुभएको थियो ।

होटल ग्रिन फरेष्टको सभा हलमा भएको कार्यक्रममा गैँडाकोट १ का वडा अध्यक्ष हरीप्रसाद सापकोटा , गैँडाकोट पम्पिङ खानेपानीका अध्यक्ष शोभाखर रिमाल , मौलाकाली सामुदायिक वनका अध्यक्ष काशिनाथ कंडेल , मौलाकालीका मन्दिरका अध्यक्ष सालिकराम सापकोटा , नेपाल राष्ट्रिय माविका प्रध्यानधापक ईन्द्रराज भट्टराई , जलुके खानेपानी संस्थाका पूर्व अध्यक्ष भूमिश्वर शर्मा , लालमणि पौडेल लगायतले शुभकामना मतव्य राख्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष जगन्नाथ पौडेलले राख्नुभएको थियो ।

Share.

Leave A Reply