किनेर लाइसेन्स पाउँछु भन्ने भ्रममा नपरौँ : निमित्त कार्यालय प्रमुख भूषाल

0

डोलराज रानाभाट, गैँडाकोट, माघ १२ । यातायात व्यवस्था कार्यालय नवलपुरका निमित्त प्रमुख ज्ञानप्रसाद भूषालले पैसामा किनेर सवारी चालक अनुमित पत्र पाउँछु भन्ने भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।

हिजोबाट ट्रायल सेन्टर समेत संचालनमा आएको भन्दै उहाँले गलत बाटो हुँदै कावासोतीबाट नागरिकता दिलाइदिन्छु भनी कसैले झूठो आश्वासन दिए त्यसको पछि नलाग्न र त्यसो भन्ने व्यक्तिविरुद्ध कार्यालयमा उजुरी गर्न समेत आह्वान गर्नुभएको छ ।

लिखित परीक्षा र त्यसको जाँच समेत पारदर्शी हुने भन्दै उहाँले ट्रायल सेन्टरमा समेत ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयका कर्मचारी फिल्डमा सँगै चारैतिर सीसीटिभी जडान गरिएकाले पारदर्शी, निष्पक्ष र प्रष्ट पास भएमात्रै सवारी चालक अनुमति पत्र पाइने भुषालले बताउनुभयो । भुषाले भन्नुभयो,“भुतकाललाई सम्झिएर यातायात व्यवस्था कार्यालयलाई हेर्ने दृष्टिकोण भए त्यो गलत छ । अहिले हामी धेरै व्यस्थित छौँ र निष्पक्ष पनि । ”

फोटो : जगन्नाथ खनाल

साथै सेवाग्राहीले दुख पाउन नपरोस भनी अनलाईनबाट फर्म भर्ने व्यवस्था गरेको भन्दै कोही कसैको लोभमा नपरी आफै र आफू डिजिटलबारे शिक्षा नभए छिमेकीको सहयोगमा भर्न आग्रह गर्नुभयो । कार्यालयको फर्म भर्ने विषयमा कुनै हात नहुने भन्दै भरेको रजिष्ट्रेशन नम्वर लिएर आएपछि मात्रै प्रकृया सुरु हुने बताउनुभयो । कसैले कार्यालयसँग मिलाएर फर्म भरिदिन्छु भन्ने झुठ बोली रकम अशुली गर्न खोज्ने व्यक्तिहरुसँग पनि सजक हुन आह्वान गर्नुभयो ।

अहिले यातायात व्यवस्था विभागले सीमित कोटा निर्धारण गरेकाले केही समस्या भएपनि अव केही दिनमै असीमित फर्म भर्न सकिने र सम्पर्क मिति केही पछि तोकिने भुषालको भनाई छ ।

निमित कार्यालय प्रमुख भुषाल सहित १२ जना कर्मचारीले सेवा दिइरहेको र सवारी चालक अनुमति पत्रको काम सुरु भएपछि थप कर्मचारी आवश्यक भएको उहाँले बताउनुभयो । मन्त्रालयले कर्मचारी पठाउने बताएको र त्यसपछि थप सहज हुने पनि उहाँले बताउनुभयो ।

Share.

Leave A Reply