गीतानगर बोइज क्लवको फुटबल टिमलाई वातासिनो कन्सल्टेन्सीले प्रायोजन गर्यो

0

चितवन, माघ १२ । भरतपुर ६ गीतानगरमा रहेको गीतानगर बोइज क्लवको फुटबल टिमलाई वातासिनो कन्सल्टेन्सीले प्रायोजन गरेको छ ।

भरतपुर ओरालोमा रहेको जापान र कोरिया जान परामर्श गर्ने उत्कृष्ट गन्तव्यको रुपमा स्थापित भएको वातासिनो कन्सल्टेन्सीले गीतानगर बोइज क्लवको फुटबल टिममा २ बर्ष सम्मको लागि प्रायोजन गरेको क्लवका अध्यक्ष अमृत गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार २२ सदस्यीय टिमको लागि २÷२ सेट जर्सी समेत वातासिनोले हस्तान्तरण गरेको छ ।

वातासिनोको प्रायोजनले गीतानगर बोइज क्लवका खेलाडी र सदस्यलाई ठूलो उत्प्रेरणा प्राप्त भएको गुरुङको भनाइ छ । धेरै भन्दा धेरै फुटबल प्रतियोगितामा गीतानगरको सहभागिता हुने र आफूहरु जित्नको लागि खेल्ने उहाँको भनाई छ । वातासिनो कन्सल्टेन्सीका म्यानेजिङ्ग डाइरेक्टर आशिष श्रेष्ठले हिजोनै गितानगर बोइज क्लवलाई जर्सी हस्तान्तरण गर्नुभएको हो ।

जापान र कोरिया जान आवस्यक पर्ने भाषागत, परामर्श, भिसा प्रक्रिया लगाएतका लागी वातासिनो कन्सल्टेन्सीमा सम्पर्क गर्न सकिने छ । पश्चिम चितवनमा रहेको गीतानगर बोइज (जी–बोइज) क्लवले स्थापनाकाल देखिनै फुटबल खेल, सामाजिक अभियान, सास्कृतिक कार्यक्रममा आफ्नो सक्रियता जनाउदै आएको छ ।

Share.

Leave A Reply