माघ १७ गते प्रधानमन्त्री ओली चितवन आउने पक्का

0

चितवन, माघ ११ । निर्माणकार्य सुरु भइसकेका दुई वटा आयोजनाको शिलान्यास गर्न यही माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओली चितवन आउने पक्का भएको छ । नेपाल कम्युनिष्ट पार्टी ओली समुहले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर १० मा निर्माणाधीन सिटि हल र पुल्चोक गोन्द्राङ ६ लेन सडकको एकैदिन शिलान्यास गर्ने र त्यसपछि भरतपुर स्थित केन्द्रीय बस टर्मिनलमा हुने आमसभामा सम्वोधन गर्ने तालिका तय भएको राष्ट्रिय सभा सदस्य पार्वती रावलले जानकारी दिनुभयो ।

सघन सहरी तथा भवन निर्माण आयोजना चितवन अन्तर्ग संघीय सरकारको ८७ करोड ८८ लाख रुपैया लागतमा जिल्ला समव्न्नय समितिले उपलब्ध गराएको चार विघा चार कठ्ठामा क्षेत्रफल बन्दै छ । त्यस्तै पुल्चोक गोन्द्राङ ६ लेन सडक दुई वर्ष ४ महिनाभित्र बनिसक्न गरी एक अर्ब १२ करोडमा सम्झौता भई काम भइरहेको छ । संघीय सरकारको बजेटबाट यी दुई आयोजना निर्माण भइरहेकाले यो सरकारी कार्यक्रम अनुसारनै प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने र आमसभा भने पार्टीले आयोजना गरेको उहाँले प्रष्ट पार्नुभयो ।

साथै माडीमा पुल निर्माण रोकिएको विषयलाई प्रधानमन्त्री ओलीसँग नजोड्न आग्रह गर्दै त्यहाँको विकासका लागि आफ्नो र सरकारको अझ वढि चासो रहेको उहाँको भनाई थियो । सो पुल निर्माण कार्य के कारणले रोकिएको हो त्यस बारे बुझेर काम सुचारु गरिने तथा राम मन्दिर निर्माणका लागि पनि प्रधानमन्त्रीको चासो रहेकाले अहिले पर्यटनमन्त्रालयबाट काम भइरहेको उहाँको भनाई थियो ।

साथै अहिलेको शिलान्यास पनि दुई अध्यक्षलाई सँगै गराउने चाहाना हुँदाहुँदै प्रचण्ड मुल घरबाट चाँडै बाहिर गएकाले त्यो पुरा हुन नसकेको समेत उहाँले बताउनुभयो । प्रधानमन्त्रीसँगै उक्त कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल,भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, मन्त्री प्रभु शाह लगायतका नेताहरुको उपस्थिती रहने उहाँले बताउनुभयो ।

Share.

Leave A Reply