निर्वाचन कार्यालय चितवनद्धारा मतदाता नामावली अद्यावधिकबारे छलफल

0

डोलराज रानाभाट, चितवन, माघ ११ । जिल्ला निर्वाचन कार्यालय चितवनले आफ्ना कार्यक्रमहरुलाई तिव्रता दिएको छ ।

आज मतदाता नामावली दावी विरोध वारे गोष्ठि सम्पन्न भएको छ । जिल्ला समन्वय समिति चितवनको सभाहलमा भएको कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका प्रमुख उपप्रमुखहरुको उपस्थिती रहेको थियो ।

सरकारले तोकेको निर्वाचनको पहिलो मिति आउनलाई ९५ दिन बाँकी रहदा निर्वाचन कार्यालय चितवनले गरेको निर्वाचन सम्वन्धी विशेष जानकारी मूलक कार्यक्रममा चुनाव घोषणा गरेको सत्तारुढ दल नेकपाकै प्रतिनिधिहरु भने अनुपस्थित रहेका थिए । त्यस्तै भरतपुर महानगरपालिकाका प्रमुख उपप्रमुख पनि निर्वाचन कार्यालयले आयोजना गर्ने कार्यक्रममा उपस्थित नभएको पाइएको छ ।

मतदाता नामावली अद्यावधिक कार्यक्रम स्थानीय तहको केन्द्रलाई आधार मानेर संचालन गरिने निर्वाचन कार्यालय चितवनका प्रमुख जनार्दन अधिकारीले जानकारी दिनुभयो । यसका लागि पनि जनप्रतिनिधिहरुको उपस्थिती महत्वपूर्ण मानिएको छ ।

स्थानीय तहमा माघ १५ देखि २१ गते १० दिन सम्म र जिल्लामा माघ १५ देखि २६ गते १२ दिनसम्म संचालन गरिने र त्यसमा स्थानीय तहको भूमिका के हुने भन्नेबारे जानकारी गराइएको थियो ।

कार्यक्रमका अध्यक्ष प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले सवैलाई खवर गरेपनि कार्यक्रममा कम उपस्थित भएको बताउनुभयो ।

 

उहाँले समयावधि छोटो भएकाले राजनीतिक दल,जनप्रतिनिधि, पत्रकार लगायत सवै मिलेर सहज ढँगले निर्वाचन सम्वन्धी कार्यक्रमलाई गाउँ टोल सम्म पुर्याउन सहयोग गर्नुपर्ने बताउनुभयो ।

Share.

Leave A Reply