जुना प्रारम्भिक आधारभूत विद्यालय गैँडाकोट ३ मा शैक्षिक सामाग्री वितरण

0

पबित्रा पराजुली, गैँडाकोट, माघ ११ । जुना प्रारम्भिक आधारभूत विद्यालय गैँडाकोट ३ मा आज शैक्षिक सामाग्री वितरण गरिएको छ ।

विद्यालयका ३० जना बालबालिका लाई भुजेल विद्यार्थी मञ्च केन्द्रीय समिति र भुजेल समाज सेवाको आयोजनामा झोला , कपी, कलम सुइटर र टोपी वितरण गरिएको थियो भने बिद्यालयलाई सेतो पार्टी र खेल सामाग्री हस्तान्तरण गरिएको थियो ।

No description available.
कार्यक्रममा बोल्दै भुजेल समाज सेवा समिति नवलपुरको अध्यक्ष रमिला भुजेलले निकै संघर्ष पछि बिद्यालय संचालनमा आएको बताउदै अब यसको सुधार र व्यवस्थापमा समिति लाग्ने बताउनुभएको छ ।

त्यस्तै भुजल समाज सेवा समितिका केन्द्रीय सदस्य कमल बहादुर भुजेलले पहिलो चरणको कार्यक्रममा बिद्यालयमा शैक्षीक सामाग्री र न्यानो कपडा वितरण गरिएको र आगामी दिनमा स्थानीय सरकार संग मिलेर बिद्यालयमा खाजाको व्यवस्था गर्नको लागी पनी पहल गरिने बताउनुभएको छ ।

विद्यालयकी शिक्षिका पूर्णमाया भुजेलले स्वागत मतव्य राख्नुभएको कार्यक्रममा भुजेल विद्यार्थी मञ्च केन्द्रीय समितिका अध्यक्ष ज्ञानु भुजेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश भुजेल भुजेल, महिला समाजको केन्द्रीय अध्यक्ष कला भुजेल , भुजेल सेवा समाज समितिका केन्द्रीय सचिव त्रिशन घर्ती , भुजेल समाज सेवा समितिका सचिव जङबहादुर भुजेल लगाएतले शुभकामना मतव्य राख्नुभएको थियो ।

 

कार्यक्रमको सहजिकरण भुजेल समाज सेवा समितिका कोषध्यक्ष वसन्त भुजेलले गर्नुभएको थियो ।

Share.

Leave A Reply