शान्ति टोल विकास संस्था क्षेत्रपुरको अध्यक्षमा लक्ष्मण पौडेल

0

चितवन, माघ ११ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरमा रहेको शान्ति टोल विकास संस्थाको दोस्रो साधारणसभा एवं प्रथम अधिवेशनले लक्ष्मण पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिबार सम्पन्न अधिवेशनबाट संस्थाको उपाध्यक्षमा लेखा न्यौपाने, सचिवमा कृष्ण सिग्देल तथा कोषाध्यक्षमा सारदा मरहठ्ठा चयन हुनुभएको छ ।
१५ सदस्यीय कार्यसमितिमा सदस्यहरु ओमप्रकाश भट्टराई, राधिका घिमिरे, गोपालबाबु श्रेष्ठ, गणेश गुरुङ, लक्ष्मी लामिछाने, भीमलाल पाण्डे, मिनराज तिवारी, कृपा घिमिरे, केशव श्रेष्ठ, धनबहादुर गुरुङ र सीता सपकोटा चयन हुनुभएको छ । त्यसैगरी, ज्ञानेन्द्र बज्राचार्यको संयोजकत्वमा निर्माण भएको लेखा समितिको सदस्यमा गोविन्द गुरुङ र मनदेवी पिया चयन हुनुभएको छ ।

 

त्यस्तै संस्थाको सल्लाहकारमा ऋषिराज पाण्डे, यज्ञ घिमिरे, नेत्रप्रसाद न्यौपाने, धनकुमारी गुरुङ रहनुभएको छ । कार्यक्रमको उद्घाटन भरतपुर–२ का वडाअध्यक्ष पूर्णबहादुर श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष रमा सापकोटाले गर्नुभएको थियो । साधारणसभाको अध्यक्षता निवर्तमान अध्यक्ष नेत्रप्रसाद न्यौपानेले गर्नुभएको थियो ।

Share.

Leave A Reply