माडीको सोमेश्वरगढी चिनाउन साइकल यात्रा गरिने

0

चितवन, माघ ११ । चितवनको माडी नगरपालिकामा रहेको सोमेश्वरगढीलाई प्रचारप्रसार गर्न साइकल यात्रा गरिने भएको छ । ऐतिहासिक एवम मुर्तिकारहरुद्धारा रुख र ढुँगामा कुदिएका मुर्तिहरु भएपनि ओझेलमा परेको भन्दै वाह बाइक र एक सपना साइकल र सफा नेपालको संयुक्त आयोजनामा यही माघ १६ र १७ गते साइकल यात्राको कार्यक्रम तय गरिएको हो ।

पर्यटन र पर्यावरणलाई जोड्न राइड टु सोमेश्वरगढी नाम दिएर साइकल यात्रा गरिने र उक्त यात्रामा सहभागीता जनाउन अनलाइनमा रजिष्ट्रेशन गर्न मिल्ने आयोजकले जनाएको छ ।विद्यार्थीलाई रु ५ सय र अन्यलाई रु १ हजार दर्ता शुल्क तोकिएको छ ।
नेपालभरबाट सहभागीता जनाउन सकिने उक्त यात्रामा साइकल यात्री पुष्कर शाहा सहितको सहभागीता रहने र भारतबाट २ जना साइकल यात्री समेत थपिनेछन् ।

हालसम्म करिव ७० जनाले दर्ता गराइसकेको र १ सय जनासम्म पुग्ने आयोजकको अपेक्षा छ । रजिष्ट्रेशन शुल्कबाट नै संस्थाले खाना देखि खाजाको व्यस्था गरेको छ । साथै साइकलसँग एम्वुलेन्स, साइकल विग्रिए बनाउने मिस्त्री र आधी बाटोमा पुगी साइकल चलाउन नसक्नेलाई लैजान बसको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

पर्यटन विस्तार र वातावरण प्रदूषण घटाउन यस्ता कार्यक्रमको आयोजना गरिरहेको उक्त संस्थाहरुले यस अघि पनि चितवको मौवाखोला देखि उपरदाङगढी हुँदै भरतपुरसम्म करिव ६५ किलोमिटरको यात्रा साइकलबाट गरिसकेको छ ।

चितनवलाई नेदरल्याण्डसको आम्सट्रडम शहरजस्तै साइकलको राजधानी बनाउने उद्देश्य सहित अभियान चलाएको उनीहरुको भनाई छ । साइकल चढ्नाले देश धुँवाधुलो मुक्त हुने, नेपालीहरु स्वास्थ्य हुने, वर्षेनी नेपालले आयात गर्ने पेट्रोलियम पदार्थखरिदको खर्च समेत कटौती हुने आयोजकहरुको बुझाइ छ । साइकल लेनको समते निर्माण गर्न आग्रह गर्दै उनीहरुले साइकल फेसनका लागि नभई वास्तवमै प्रयोगगर्न प्रेरित गरिरहेका छन् ।

Share.

Leave A Reply