कावासोतीमा भएको मोटरसाईकल दुर्घटनामा २ जनाको मृत्यु 

0

माघ १०, कावासोती । कावासोती नगरपालिका ८ खर्कटा जंगल स्थित भित्री सडक खण्डमा गएराती भएको मोटरसाईकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि कावासोती नगरपालिका वडा नम्बर ३ का २४ वर्षिय हेमराज थापा र कावासोती वडा नम्बर ८ का २६ वर्षिय सुनिल जैसवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।

खर्कटा जंगल स्थित भित्री सडक खण्डमा गएराती साढे ११ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना २२ प ६५५५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परि घाईते दुवै जनाको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको समेत उहाँले जानकारी दिनुभयो ।

Share.

Leave A Reply