बाघ, गैँडा संरक्षण पाठशाला चितवनमा सुरु

0

डोलराज रानाभाट, चितवन, माघ ९ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्तीमा रहेका बाघ गैँडा लगायतका बन्यजन्तु संरक्षणका लागि आजदेखि बाघ, गैँडा संरक्षण पाठशाला सुरु भएको छ ।

राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियान मध्यवर्ती क्षेत्र चितवनको आयोजनामा बेलशहर मध्यवर्ती सामुदायिक वन भरतपुर १३ गंगानगरमा कार्यक्रम गर्दै पाठशालाको सुरु गरिएको संरक्षणकर्मी एवम संस्थाका अध्यक्ष अपिल घिमिरेले जानकारी दिनुभयो ।


मध्यवर्ती क्षेत्रमा बसोवास हुने र वन्यजन्तुहरुको आनीवानी थाहा नहुँदा धेरै घटना भएपछि यो अभियान थालिएको घिमिरेले बताउनुभयो ।आज भरतपुर १३ गंगानगरमा रहेको बेलशहर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरु तथा विपन्न वर्गहरुलाई लक्षित गरी एक दिने पाठशाला सम्पन्न भएको छ ।

अव विभिन्न स्थानमा बाँकी ३१ वटा पाठशाला सुरु हुने घिमिरले जानकारी दिनुभयो । आजको कार्यक्रममा प्रमुख अतिथि एवम विषयविज्ञ राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा चितवनका प्रमुख डा बाबुराम लामिछानेले बाघ गैँडाको स्वाभाव तथा जंगल जाँदा ख्याल गर्नुपर्ने कुराहरुको जानकारी गराउनुभएको थियो ।

उहाँले बाघ र गैँडाले कस्तो अवस्थामा आक्रमण गर्छ र त्यसबाट कसरी बच्न सकिन्छ भन्नेबारेमा शिक्षा सँगै किताव समेत उपलब्ध गराउनुभएको थियो । विश्वका १३ देशमा मात्रै बाघ पाइने र नेपालको चितवन पनि बाघका लागि उपयुक्त स्थान भएको बताउनुभयो ।

विश्वभर करिव ४ हजार बाघमध्ये नेपालमा २३५ वटा बाघ रहेको उहाँले बताउनुभयो । बाघको मुख्य बासस्थान बेत बाँस रहेको र बेलसहरले ती बाँसहरु हुर्काएर संरक्षण गरिरहेको वनका अध्यक्ष चेतबहादुर रानाभाटले जानकारी दिनुभयो ।

 

साथै पाठशालाले स्थानीयलाई संरक्षणमा लाग्न साथै वन्यजन्तुबाट जोगिन सहयोग पुगेको बताउनुभयो । स्थानीयहरुको सहभागीता रहेको कार्यक्रम सुर्य घिमिरेले संचालन गर्नुभएको थियो ।

Share.

Leave A Reply