संसद विघटनविरुद्ध गैँडाकोटका १८ वटै वडामा विरोध

0

गैँडाकोट, माघ ८ । वर्तमान केपी ओली सरकारको असंवैधानिक कदम विरुद्ध विभिन्न विरोधका कार्यक्रम गरेको नेपाली काग्रंसले आज वडा वडामा पनि वृहत विरोध प्रदर्शन गरेको छ ।

देशभरका ६ हजार ७४३ वडामा विरोध कार्यक्रम गरेको काँग्रेसले ओली सरकारले गरेको असंबैधानिक संसद विघटन,सर्वसत्तावाद र भष्ट्राचारको विरुद्वमा, लोकतान्त्रिक संविधान रक्षाको पक्षमा काग्रंसले बिहीबार वृहत विरोध प्रदर्शन गरेको हो ।

ओली सरकारको असंवैधानिक कदम विरुद्ध विभिन्न विरोधका कार्यक्रम गरेको नेपाली कागे्रंसले गैंडाकोटका १८ वटा वडामा नै बिरोध प्रदर्शन कार्यक्रम गरेको हो । वडा वडामा गरिएको वृहत विरोध प्रदर्शन कार्यक्रममा उत्साहजनक सहभागिता रहेको थियो । विहिबार गैँडाकोट ५ मा भएको विरोध प्रदर्शन बोल्दै महिला सघं जिल्ला कोषाध्यक्ष शान्ति न्यौपानले ओली सरकारले भोटको अपमान गरेको बताउनुभयो । उहाँले केपी ओलीको सरकार हुदा किसान र गरिबको समस्यामा कुनै पनि सुधार नभएको उहाको भनाई छ।

नेपाली काग्रंस जिल्ला कोषाध्यक्ष ओम प्रसाद सापकोटाले ओली सरकारलाई भोट दिनु नै गलत भएको बताउनु भयो । पछिल्लो समय अराजकता बढेको र त्यसका विरुद्ध आवाज सबै एकजुट भएर लड्नु पर्ने उहाको भनाई छ।

गैडाकोट वडा नम्बर ५ का कागे्रंस सभापति गोबिन्द घिमिरेले वृहत विरोध प्रदर्शनीमा बोल्दै ओली सरकारले भाषण मात्र गरेको र देशको लागि राम्रो काम केही नगरेको बताउनुभयो । कागे्रंसले कुरामा मात्र नभई ब्यवहारीक रुपमा नै राम्रो काम गरेर देखाउने उहाँले बताउनुभयो ।

यसैविच गैँडाकोट ४ मा पनि विरोध कार्यक्रम सम्पन्न भएको छ । वार्ड सभापति दामोदर तिवारी को सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस नवलपुर जिल्ला सल्लाहाकार टोलनाथ घिमिरे , अतिथि हरुमा नेपाली कांग्रेस नवलपुर जिल्ला सदस्यहरु कमल प्रसाद पराजुली, कमला तिवारी, नगर सदस्य ऋषिराम घिमिरे, नेपाली कांग्रेस महिला संघ क्षेत्रीय सभापति संगिता घिमिरे समेतले सरकारको असंवैधानिक कदम विरुद्धमा वोल्नु भएको थियो भने कार्यक्रमको सहजिकरण तथा स्वागत नेपाली कांग्रेस गैंडाकोट नगरपालिका वार्ड नं ४ का उपसभापति कृष्णप्रसाद पराजुलीले गर्नु भएको थियोे ।

 

गैँडाकोट ४ मा रहेको कृषि सत्तल वाट सुरु भएको विरोध रेलि वार्ड नं ४ मा रहेको स्वास्थ्य केन्द्र अगाडि पार्कमा पुगेर सभामा परिणत भएको थियोे ।


उता गैँडाकोट ७ मा पनि विरोध कार्यक्रम सम्पन्न भएको जानकारी दिइएको छ । वडासभापति आत्मराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीय कोषाध्यक्ष होमनाथ सापकोटा रहनुभएको थियो । कार्यक्रममा वडाअध्यक्ष चोलानाथ उपाध्याय, क्षेत्रीय सदस्य तारापति त्रिपाठी, लगायतले बोल्नुभएको कार्यक्रममा वडाका उप सभापति लक्षुमण ओझाले स्वागत मन्तव्य राख्नुभएको क्षेत्रीय प्रतिनिधि नारायण पौडेलले जानकारी दिनुभयो ।

यसैविच नेपाली काँग्रेस गैडाकोटका सभापति तारापति खरेलले आजको कार्यक्रम उत्साहजनक रहेको बताउनुभयो । संविधानको रक्षाका लागि जनता स्वतस्फूर्त काँग्रेसको कार्यक्रममा सहभागी भएको भन्दै आगामी कार्यक्रम नगरको केही नरहेको तर केन्द्रकै कार्यक्रम अनुसार अघि बढ्ने बताउनुभयो ।

Share.

Leave A Reply