विकू सहकारी र सिटिजन लाईफ ईन्स्योरेन्सबीच सहकार्य

0


प्रेम क्षेत्री
माघ ८, गैंडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडबीच सहकार्य सम्बन्धमा सम्झौता भएको छ । त्यस्को पूर्व सन्ध्यामा बिहिबार विकूको सभाहलमा छलफल भएको छ ।
छलफलका क्रममा सिटिजन लाईफ ईन्स्योरेन्सका ब्राण्ड एम्बेसेडर एवं वरिष्ठ हास्य कलाकार द्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठको उपस्थिती रहेको थियो । सो क्रममा बोल्दै हास्य कलाकार हरिबंश आचार्यले महजोडीको सहकार्य ४१ वर्षदेखी रहेको जनाउँदै सहकारीको महत्त्व वढि रहेको र विकूको सहकार्य देखेर चकित परेको बताउनुभयो । विकू लोभलाग्दो र रहरलाग्दो रहेको बताउँदै सिटिजन लाईफ ईन्स्योरेन्ससँगको सहकार्यले थप खुसी तुल्याएको बताउनुभयो ।


कार्यक्रममा बोल्दै हास्य कलाकार मदन कृष्ण श्रेष्ठले सिटिजन लाईफ ईन्स्योरेन्सले सहकारीसँग सहकार्य गरेको सुन्दा राम्रै ठाउँमा गरेको होला भन्ने लागेको तर विकूमा आएपछि त्यो भन्दा अझ उत्कृष्ट लागेको बताउनुभयो । विकू सहकारी बैंकभन्दा पनि उत्कृष्ट लागेको जनाउँदै पहिलो पटक यति ठूलो सहकारीमा पुगेको बताउनभयो ।
सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले सहकारीमा थुप्रै चुनौती रहेपनि विकूको प्रगति र यसको क्षमता देखेर नै सहकार्य गर्न लागिएको बताउनुभयो ।


विकूका संस्थापक अध्यक्ष खेमराज सापकोटाले सदस्यहरुलाई सहज सेवा प्रदान गर्न सिटिजनसँगको सहकार्य महत्त्वपूर्ण रहेको बताउँदै राज्यबाट आशा थोरै आफै काम वढि गर्ने गरेको बताउनुभयो ।
विजय कन्सल्टि∙का अध्यक्ष एवं विकूका निवर्तमान अध्यक्ष केशवप्रसाद सापकोटाले विजय परिवारको एक संस्था विकूले आर्थिक विकासका लागि काम गरिरहेको बताउनुभयो ।
विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ओमप्रसाद सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको अवस्थाबारे जानकारी गराउनु भएको थियो ।


कार्यक्रमको सहजीकरण गर्दै विकूका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले ५० पैसाबाट कारोबार शुरु गरेको विकूको ७ अर्ब पूँजी पुगेको जानकारी दिनुभयो । सो क्रममा सिटिजन लाईफ ईन्स्योरेन्सका चिफ मार्केटिङ अफिसर भुषण रिमाल, माईक्रो डेपुटि चिफ रिता पाठक, माईक्रो एक्सपर्ट शिव अधिकारी, विकूका पुर्व अध्यक्ष एवं वर्तमान सञ्चालक ईन्द्रराज ज्योती पौडेल, विजय फाउण्डेशनका अध्यक्ष त्रिलोचन सापकोटा, विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्याय, विकूका सञ्चालक, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply