गैंडाकोटका किशोरीहरुलाई आईरन चक्की वितरण गरिने

0


प्रेम क्षेत्री
माघ ८, गैंडाकोट । गैंडाकोट नगरपालिकाका किशोरीहरुलाई आईरन चक्की वितरण गरिने भएको छ ।

किशोरीहरुको रक्तअल्पता निवारणका लागि माघदेखी चैतसम्म आईरन चक्की वितरण गर्न लागिएको गैंडाकोट नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । हप्ताको १ दिन १ चक्कीका दरले १३ हप्तासम्म १० वर्षदेखी १९ वर्षसम्मका किशोरीहरुलाई आईरन चक्की खुवाउने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

सो कार्यका लागि विद्यालयहरुमा आईरन चक्की पु¥याई सकिएको उहाँको भनाई छ । विद्यालय भन्दा बाहिर रहेका किशोरीहरुका लागि सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविका मार्फत वितरणको व्यवस्था मिलाईएको उहाँले बताउनुभयो ।

रक्तअल्पता निवारणका लागि यो अभियानमा सहभागी हुन नगर क्षेत्रका १० वर्षदेखी १९ वर्षसम्मका सम्पूर्ण किशोरीहरुलाई उहाँले आग्रह गर्नुभयो । सो कार्यका लागि नगर नगरपालिकामा रहेको शिक्षा शाखाले विद्यालयहरुलाई पत्राचार गरिसकेको छ ।

Share.

Leave A Reply