गैँडाकोट पम्पिङ्ग स्किम खानेपानीको १४ औँ बार्षिक साधारण सभा सुरु

0

पबित्रा पराजुली, गैँडाकोट, माघ ७ ।
गैँडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १४ औँ बार्षिक साधारण सभा बुधबार बाट सुरु भएको छ । साधारण सभाको पहिलो चरणमा संस्थाले कलष्टर नम्बर १ को क र ख त्यस्तै कलष्टर नम्बर ५ र ७ मा साधारण सभा गरेको हो।

साधारणसभामा गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले गैँडाकोट पम्पिङ्ग स्किम खानेपानीले सुरक्षित पानी वितरण गर्दै आएको बताउनुभएयो छ । पौडेलले संस्थाले आगामी दिनमा खानेपानीको वैकल्पिक स्रोतको खोजीगर्नुपर्नेमा जोड दिनुभएको छ ।
संस्थाका अध्यक्ष शोभाखर रिमालले वैकल्पिक स्रोत अन्तर्गत तरङ्ग खोला र कालिगण्डकीको पानी दुई बिकल्प छनौट गरेको बताउनुभयो । त्यसका लागि गैँडाकोट नगरपालिका र संघीय खानेपानी सँग समन्वय भइरहेको बताउनुभएको छ । साथै रिमालले गैँडाकोट पम्पिङ्ग स्किम खानेपानीको पानी स्वच्छ छ भन्ने बिषयमा दुइमत नरहेको बताउनुभयो ।

साधारण सभामा संस्थाका सचिव डिल्लीराज घिमिरेले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले करङगघारीमा बोरिङग संचालन गरिसकेको बताउनुभयो । साथै उहाँले जयश्री समिपमा बोरीङग खन्नेकाम सकाएर पानी संचालन भइ पम्प हाउस निर्माण सम्पन्न र आर बि टी ट्याक तथा पाईप सर्बेको काम भएको जानकारी दिनुभएको छ ।

 

संस्थाका कोषाध्यक्ष रोशन सापकोटाले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले करिब ६ हजार घर धुरीलाई सुरक्षित पिउने पानी वितरण गदैँ आएको बताउनुभयो । साकोटाले अम्दानीमा खर्च घटाएर कुल १ करोड २५ लाख ८३ हजार ९ सय ६३ बचत भएको बताउनुभएको छ ।कार्यक्रममा लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक रत्नप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको थियो भने खानेपानी सुरक्षा समितिको प्रतिवेदन खानेपानी सुरक्षा समिति संयोजक तथा संस्थाको उपाध्यक्ष तारादेवी शर्मा गौतमले प्रस्तुत गर्नुभएको थियो ।

संस्थाको सभाहलमा भएको कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कृष्ण प्रसाद न्यौपाने , गैँडाकोट पम्पिङग स्किम खानेपानीका पूर्व अध्यक्ष रामबहादुर खड्का , संस्थाका सल्लाकारहरु ओम प्रसाद सापकोटा , रोशन भक्त अधिकारी , केशव प्रसाद सापकोटा र कलष्टर नम्बर ७ का प्रतिनिधी प्रेम नारायण भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Share.

Leave A Reply