छोरीको प्रश्न

0

 

टीकाराम घिमिरे

कविता
छोरीको प्रश्न
अन्याय अत्याचार दुःख र कोलाहल
जताततै छटपटी शून्य चेतनाका मानिसहरु
कति निर्मम बनिरहेछ पृथ्वी अनि समाज
कति भयनाक र दर्दनाक छ, तिमी र म बाँच्ने समय
कसरी पुग्ने होला प्रगतिको शिखरमा
चुनौतीको पहाड बोकेर, आमा ¤ छोरी बनेर
कतिसँग डराउनु ? कतिसँग लजाउनु मुख छोपेर
मलाई सोध्न मन छ आमा ¤ यो समाजमा कोकोसँग डराऊ ?
गिद्दे नजर भएका पुरुष आत्माका मेरै आफन्तसँग सुरक्षित छु कि छैन ?
किन डराई बस्नुपर्छ आफन्तसँगै सधैँ
जान्न मन छ, मेरो अस्मितालाई किन असुरक्षाको तारले घेरेको छ ?
आमा के छोरामान्छेको मन पथ्थरले बनेको छ र ?
होइन भने किन रमाउँछ त हाम्रो चित्कारमा
किन चिथोरिँदा मनोरञ्जन लिन खोज्छ त्यो मन
कति कठोर बन्न सकेको होला त्यो हृदय
के हाम्रो हृदय बन्न सक्दैन होला र त्यस्तो ?
के हामी जाइलाग्न सक्दैनौँ पापीहरुसँग ?
के हाम्रै चित्कारले प्रोत्साहन गर्छ तिनीहरुलाई ?
मलाई सोध्न मन छ आमा
के हाम्रो सुरक्षाको तगारो बनेको त्यै योनि हो त ?
जुन बाटो हुँदै संसार हेर्न आइपुग्यो त्यही बाटो भत्काउन किन खोज्छन् मान्छेहरु ?
कति डराउनु आÇनै जीन्दगीसँग ?
कति दिन तर्सिदै भाग्नु आÇनै पुस्तासँग
कति हीनताबोध गर्नु आÇनै अंगसँग बाचुन्जेल
आमा अब कृत्रिम छोरी जन्माऊ जुन रबरजस्तै होस्
त्यही रबरलाई खेलौना सम्झिँदै चिथोरुन् दानवी मनहरु
आपूmले अघाउन्जेल उपभोग गरुन् नरपिचाशहरु
नदुखोस् अलिकति छोरीको मन किनकि त्यो प्लास्टिकको खेलौना हो
कस्तो खाले आत्मसन्तुष्टि हो त्यो पुरुष–हृदयमा
जुन आÇनो कामवासना पूरा गर्न कलिला नानीदेखि वृद्ध हजुरआमा भन्दैनन्
कस्तो होला त्यो आनन्द, कस्तो हो त्यो पुरुष अभिमान ?
आमा ¤ म कल्पना पनि गर्न सक्तिनँ ती पीडित आमाहरुको पीडा
जुन आÇनै छोरी चेली बलात्कारको साक्षी बनी बस्न बाध्य पारिएका छन्
किन अपराधीको पक्षपोषण गर्दै वकालत गर्छ समाज ?
के हामी पुरुषकै खेलौना हुनका लागि जन्म लिएका हौँ यो धर्तीमा ?
के मनोरञ्जन गर्ने साधन मात्रै हो त हाम्रो शरीर ?
के छोरी भएर जन्मनु नै हाम्रा लागि अभिशाप साबित भयो ?
आमा ¤ मलाई सोध्न मन छ तर सोधुँ कसलाई ?

Share.

Leave A Reply