अव हिरासतमै पुस्तक पढ्न पाइने, जिल्ला प्रहरी कार्यालय नवलपुरमा पुस्तकालयको आज उद्घाटन

0

गैँडाकोट, माघ ५ । कुनै वेला हिरासतलाई कुटाई खाने ठाउँको रुपमा चिनिने गरिन्थ्यो ।

हिरासतमा पुगेपछि याताना र मानसिक तनावनमा रहनुपर्ने हुन्थ्यो भन्ने सोचलाई जिल्ला प्रहरी कार्यालय नवलपुरले बदल्ने प्रयास गरेकको छ । आज मात्रै जिल्ला प्रहरी कार्यालय नवलपुरमा रहेको हिरासतमा पुस्तकालयको उद्घाटन गरिएको छ ।

गण्डकी प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रमुखबीच भएको कार्य सम्पादन सम्झौता अनुरुप नवप्रवर्तनात्मक कार्यक्रम अन्तर्गत प्रहरी हिरासतमै पुस्तकालय स्थापना गरिएको हो ।

गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) घनश्याम अर्यालले हिरासतमा रहेका केही थुनुवालाई पुस्तक हस्तान्तरण गरि हिरासतमा किताब कार्यक्रमको आज उद्धघाटन गर्नुभयो ।

हिरासतमा आउने व्यक्तिहरुलाइ ज्ञान,उपदेशका साथै सकारात्मक सोचको विकास गर्ने उद्देश्यले यो कार्यक्रमको थालनी गरेको डिआइजी अर्यालले बताउनुभयो ।

हिरासतमा रहने व्यक्तिहरु विभिन्न आरोपमा आएका हुने र उनीहरुमा सकारात्मक सोचको विकास गर्नु आवश्यक भएकाले ज्ञान हासिल हुन सहयोग पुग्ने उहाँको भनाई छ । हिजो के गरेँ भनेर सम्झदै झन् अत्याश लाग्दो समय बिताउन भन्दा सकारात्मक सोचका साथ ज्ञान हासिल गर्न सहयोग पुग्ने भएर यो कार्यक्रमको थालनी गरेको अर्यालले बताउनुभयो ।

यस अघि जिल्ला प्रहरी कार्यलय नवलपुरले विद्यार्थी संग प्रहरी कार्यक्रम आयोजना गरेको जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रहरी उपरिक्षक प्रकाश मल्लले जानकारी दिनुभयो ।

Share.

Leave A Reply