श्री बिनायक कृषि सहकारीको अध्यक्षमा तिलक प्रसाद कडेँल

0

हरि सुबेदी, माघ ५, गैँडाकोट ।
श्री बिनायक कृषि सहकारी संस्था लिमिटडेको ११औँ साधारण सभा तथा पाँचौ अधिवेशनले तिलकप्रसाद कडेँलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
आज सम्पन्न अधिवेशनले उपाध्यक्षमा टिकाराम सुवेदी, सचिवमा लक्ष्मीदत्त सापकोटा( लिला),कोषाध्यक्षमा तेजेन्द्रचालिसे,सदस्यहरुमा तारा अधिकारी,भोज कुमारी पौडेल,छबिलाल सापकोटा, दुर्गा लामिछाने,विष्णु कुमारी कंडेल सापकोटा,रामचन्द्र घिमिरे, काशीनाथ कंडेल, खिमनन्द सापकोटा, छविलाल शर्मा खरेल चयन हुनुभएको छ ।

त्यस्तै रामचन्द्र आचार्यको संयोजकत्वमा लेखा तथा सुपरिवेक्षण समिति समेत गठन गरिएको छ । जसको सदस्यहरुमा हरिप्रसाद सापकोटा र टिकाराम पराजुली रहनुभएको छ । तिलक प्रसाद पराजुलीको संयोजकत्वमा रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो । निर्वाचन समितका सदस्यहरुमा रत्नप्रसाद सापकोटा र गोपलप्रसाद गौतम हुनुहुन्थ्यो ।

सहकारी संस्थाको ११ औँ साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले उत्पादनमूलक कार्यक्रमलाई नगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो । उहाँले कृषि क्षेत्रको बिकासबाट मात्र समृद्धी हासिल गर्न सकिने बताउनुभयो ।

तिलक प्रसाद कंडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा सचिवको प्रतिवेदन टिकाराम सुवेदी , कोषाध्यक्षको प्रतिवेदन लक्ष्मीदत्त सापकोटा र लेखा तथा सुपरिवेक्षण को पतिवेदन चन्द्रमणि पौडेलले प्रस्तुत गर्नुभएको थियो ।

 

कार्यक्रम खिमानन्द सापकोटाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा गैडाकोट ७ का वडाअध्यक्ष चोलानाथ उपाध्याय, गैडाकोट ८ का वडाअध्यक्ष डिलाराम रिजाल, नवलपुर जिल्ला सहकारी संघका तिलक प्रसाद पराजुली, गैडाकोट नगरपालिकाका सहकारी अधिकृत देबेन्द्र गौतम, संस्थाका संस्थापक अध्यक्ष गोविन्द सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply