गैँडाकोट प्रहरीका पूर्व कार्यालय प्रमुख जिसी सहित ७ जनालाई विशेष अदालतबाट सफाई

0

डोलराज रानाभाट,गैँडाकोट, माघ ५ । इलाका प्रहरी कार्यालय गैँडाकोटका पूर्व प्रहरी निरीक्षक लोक बहादुर जिसी सहित ७ जनाले विशेष अदालतबाट सफाई पाएका छन् ।

दुर्घटनापछि सक्कली चालकलाई बचाएर नक्कली चालक खडा गरी भ्रष्टचार गरेको अभियोगमा अख्यितारले आरोप पत्र दायर गरेको थियो । २०७६ साल असार २७ गते विशेष अदालत बबरमहल काठमाण्डौमा अख्तियारले दायर गरेको मुद्दामा हिजो सुरु फैसला गर्दै सात जनालाई नै सफाइ दिएको हो । जिसी सहित प्रहरी नायव निरीक्षक दामोदर भट्टराई, प्रहरी सहायक निरीक्षक देव बहादुर थापा र अस्थायी ट्राफिक प्रहरी पोष्ट गैंडाकोटका तत्कालीन कमाण्डर बल बहादुर वलीले सफाइ पाएका हुन् ।

अदालतका प्रवक्ता उपरजिष्ट्रार पुष्पराज पाड्याका अनुसार अध्यक्ष माननीय न्यायाधीश प्रेमराज कार्की, सदस्य अर्का न्यायधीश नित्यानन्द पाण्डेय र चन्द्रबहादुर सारुको इजलास १ मा बाट हिजो माघ ४ गते फैसला गरी सफाई दिइएको हो । फाँट ख मा ०75–CR–0367 मुद्दा नम्बरमा भ्रष्टचार (गलत प्रतिवेदन पेश गरी भ्रष्टचार गरेको ) शीर्षकमा मुद्दा दायर भएको थियो ।

२०७६ असार २९ गते देखि अदालतमा बहस सुरु भएको मुद्दाको हिजो बल्ला फैसला आएको हो । प्रवक्ता पाड्यका अनुसार उनीहरु अव आफ्नो पहिलेकै पदमा काम गर्न पाउनेछन् तर अख्तियार यो मुद्दालाइ लिएर सर्वोच्चमा पुनरावेदन जान सक्ने बाटो भने याथवत रहेको पाण्डेले बताउनुभयो । प्राय मुद्दामा अख्तियार पुनरावेदका लागि सर्वोच्च अदालत जाने अभ्यास छ । तर यो मुद्दामा के गर्छ अख्यिारको कुरा भयो पाण्डेले भन्नुभयो । सर्वोच्चमा मुद्दा गएपनि उनीहरु कार्यक्षेत्रमा रहन पाउने र सर्वोच्चले दोषी ठहराए मात्रै जागिर छोड्नुपर्ने अवस्था आउने उहाँको भनाई छ ।


फैसला भएको दिन सहित १२ औँ पटक इजलास तोकिएको यो मुद्दामा हिजो पहिलो फैसला भएको हो । मुद्दाको पेशी तोकिएपनि ६ पटक सम्म हेर्न नभ्याउनेमा परेको थियो ।

अख्तियारले इलाका प्रहरी कार्यालय गैंडाकोटका तत्कालीन प्रमुख प्रहरी निरीक्षक लोक बहादुर जि.सी., प्रहरी नायव निरीक्षक दामोदर भट्टराई, प्रहरी सहायक निरीक्षक देव बहादुर थापा र अस्थायी ट्राफिक प्रहरी पोष्ट गैंडाकोटका तत्कालीन कमाण्डर बल बहादुर वलीको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा ९२० बमोजिम कसुर गरेको र सोही भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा ९२० बमोजिम सजाय मागदावी गरेको थियो भने नक्कली चालक किशुना महतो, वास्तविक चालक बोधराज पाण्डे र शालिकराम पाण्डेको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा ९२० को कसुरको मतियार हुने कार्य गरेको हुँदा सोही ऐनको दफा २२ को प्रतिबन्धांत्मक वाक्यांशबमोजिम सोही ऐनको दफा १९ को उपदफा ९२० बमोजिम सजाय हुन मागदावी सहित विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको थियो ।

 

गैडाकोटका तत्कालीन इन्सपेक्टर,सई , असई र ट्राफिक प्रहरी इन्चार्ज सहित ७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

Share.

Leave A Reply