गैँडाकोटमा भोलिदेखि राष्ट्रिय परिचयपत्र कार्यक्रम सुरु हुने

0

माघ ४, गैँडाकोट । गैँडाकोटमा भोलिदेखि राष्ट्रिय परिचयपत्रको कार्यक्रम सुरु हुने भएको छ । भोलिदेखि राष्ट्रिय परिचय पत्रको लागि वडा वडामा आवेदन दिन सकिने गरी नगरपालिकाले तयारी गरेको छ । पहिलो चरणमा अर्थात भोलिदेखि १ देखि ९ नम्बर वडा र दोस्रो चरण अर्थात् ७ गतेदेखि १० देखि १८ नम्बर वडामा शुरू गरिने तयारी छ ।
यसैबीच गैंडाकोट वडा नं ७ ले पनि वडाभित्र रहेको हरिहर मन्दिर परिसरबाट सोमबार दिउसो २ बजेपछि मात्रै आवेदन लिने व्यवस्था मिलाइएको र त्यसपछिका दिन कार्यालय समयभित्र टोल विभाजन गरेर अभिलेखीकरण गर्ने प्रबन्ध गरिएको रूजु अधिकारी गोविन्द रिमालले जानकारी दिनुभयो ।
यता भोलिदेखि राष्ट्रिय परिचय पत्रको लागि गैडाकोट नगरपालिका द्वारा वडा वडामा आवेदन दिन सकिने गरी तयारी गरेकोमा वडा नं ४ मा पनि तयारी पुरा भएको वडासदस्य तेजप्रसाद घिमिरेले जानकारी दिनुभयो । भोलि देखि माघ २० सम्म आवेदन दिन सकिने हुदा उपस्थित हुन सम्पूर्ण वडाबासिको लागि अनुरोध समेत गर्नुभएको छ । नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल, उपलब्ध भएसम्म बाबु र आमाको नागरिकताको प्रतिलिपि, नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा सो खुल्ने प्रमाण पत्र वा नगरपालिकाको सिफारिस लगायत आवश्यक कागजजात सहित बिहान १० देखि ४ बजे देखि सानो जनक परिसरमा आउन अनुरोध गरिएको छ ।
गैँडाकोट ३ ले वडाकार्यालयमा सम्पर्क गर्न भनेको छ भने गैँडाकोट ५ ले महिला कल्याणकारीको भवनमा उपस्थित हुन आग्रह गरिएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गैककडाकोट नरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले शुद्ध तथ्याङ्कमा ध्यान दिदै अभिलेखीकरणमा सहभागिता जनाउन नगरबासीलाई अनुरोध गर्नुभयो । राष्ट्रिय परिचय पत्र तथा पनन्जीकरण विभागका निर्देशक सुभास ढकालले सहजीकरण गर्नुभएको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत वालकृष्ण चापागाई लगायत वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।

आवश्यक कागजातहरुः
१) नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल ।
२) बाबुरआमाको नागरिकताको प्रतिलिपि उपलब्ध भएसम्म ।
३) नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा सो खुल्ने प्रमाण पत्र वा नगरपालिकाको सिफारिस ।
४) राहदानी लिएको भए सोको सक्कल वा प्रतिलिपि ।
५) बसाई(सराई गरेकाहरुको हकमा बसाइसराई प्रमाणपत्र ।
६) विवाहितको हकमा नागरिकतामा पतिरपत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र अनिवार्य ।

Share.

Leave A Reply