ब्ल्याक कफि विथआउट् सुगर छायांकनको क्रममा

0


गैंडाकोट, माघ ४
नवलपरासीमै पहिलो पटक ब्ल्याक कफि विथ आउट् सुगरको छायांकन तिब्र गतिमा भएको छ। पछिल्लो समयमा महिला माथी हुने हिंसालाई समटेर लव स्टोरी वेव सिरिज बनाईएको छ । यो जनचेतनामुलक भएकाले समाजमा सकारात्मक छाप पर्ने विश्वास लिईएको पनि बताईएको छ ।


नवलपरासीमै पहिलो पटक मध्य नेपालकै उत्कृष्ट मिडिया डिटिएम मिडियाको ब्यानरमा वन्दै गरेको उक्त सिरिजको छायांकन तथा सम्पादनको जिम्मा सतिश राई र दिपेन्द्र थापा मगरले लिनुभएको छ भने छायांकन स्थल चितवन, नवलपरासी पुर्व र तनहु पोखरा को केही स्थानमा हुने वताइएको छ ।
। उक्त वेव सिरिज मा कलाकारहरु प्रतिक सिग्देल , कल्पना न्यूरे, आरती सापकोटा ,ऋषि थापा मगर , इश्वर लोहनी, राधीका भुसाल, संजय कुमार देपकोटा आदी रहनुभएको छ । पात्र र छायंकन समुहमा सबै नवलपुरवासी नै रहेको निर्देशक अर्जुन कंडेलले जानकारी दिनुभयो ।

Share.

Leave A Reply