म्याक्सवेल मोटर्स भरतपुरले ल्यायो स्याङयोङ ब्राण्डका लक्जरियस कार

0

भरतपुर, माघ ४ । भरतपुरमा रहेको म्याक्सवेल मोटर्स प्रालिले कोरियन लक्जरियस कार बजारमा ल्याएको छ ।
चितवनमै पहिलो पटक स्याङयोङ कोरियन लक्जरियस एसयुभी एण्ड पिकअप गाडीको शनिवारदेखि विक्रिवितरण सुरु भएको जनाएको हो ।


सोरुमको हिजो उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष भोजराज कौडेलले उद्घाटन गर्नुभएको हो । भरतपुर १२ स्थित बसपार्क नजिक स्याङयोङ कोरियन लक्जरियस एसयूवि ब्राण्डका कार र पिकअप विक्रिवितरण गर्ने सोरुमको उद्घाटन गर्दै कौडेलले व्यवसाय सुरु सँगै सेवालाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । धेरै व्यवसायिहरुवीच आफूले दिन सेवाबाट ग्राहक प्रभावित हुने भएकाले त्यसमा ध्यान दिन उहाँको आग्रह थियो ।
डिजेल र पेट्रोल बाट संचालन हुने उक्त कारहरुको आधिकारिक विक्रेता आइएमएस मोटर्सले भरतपुरका लागि सोरुम संचालन गर्न सहयोग गरेको संचालक दिपेश कायस्थले जानकारी दिनुभयो । कायस्थले १ वर्षको मेहनत पछि नारायणगढ बजारमा आउन पाएको भन्दै कोरियाको नम्वर एक ब्राण्ड स्याङयोङ विक्रिवितरण सुरु भएको नेपालमा ६ बर्ष भएको बताउनुभयो । सन् २०१५ मा नेपाल ल्याइएको उक्र ब्राण्डका कारण अहिले काठमाण्डौबाट, बुटवल, भैरहवा र नारायणगढमा किन्न सकिने र अन्य ठाउँमा सोरुम स्थापनाको क्रम जारी रहेको उहाँको भनाई छ । पिकअप देखि लक्जरियस कार रहेको र ७० लाखदेखि १ करोड ५५ लाख सम्मका गाडी रहेको बताउनुभयो ।


उद्घाटनको एक हप्तासम्म गाडि खरिद गर्ने वा बुकिङ गर्नेहरुलाई १ लाख देखि १० लाख रुपैयाँ सम्मको छुट रहेको सोरुमका संचालक हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।
कार्यक्रममा उद्योग संघका उपाध्यक्ष त्रिलोचन कडेँलले आफूले पनि कोरियन कार प्रयोग गरेको र सुविधाजनक रहेको बताउँदै गाडी खरिद गर्नेहरुलाई त्यसपछिको सेवामा गुनासो हुन नदिनेगरी काम गर्न सुझाव दिनुभयो । कार्यक्रममा म्याक्सवेलका राज डल्लाकोटीले स्वागत गरेका थिए ।

Share.

Leave A Reply