मातृभूमि टोलविकास संस्थाको अध्यक्षमा रत्नप्रसाद सापकोटा

0

पबित्रा पराजुली, माघ ४, गैँडाकोट । मातृभूमि टोलविकास संसथा गैँडाकोट ५ को दोस्रो अधिवेशनले अध्यक्षमा रत्न प्रसाद सापकोटालाई चयन गरेको छ । संस्थाको उपाध्यक्षमा कृष्ण पाण्डे, सचिवमा मुकुन्द उपाध्याय, कोषाध्यक्षमा बिन्दु लामिछाने,सहसचिवमा कृष्णप्रसाद काफ्ले, सदस्यहरुमा हरिबहादुर कुँवर, राम तामाङ, चिरञ्जीवि रिमाल, सुधा ज्ञवाली गौतम रहनुभएको छ ।


संस्थाको चौथो बार्षिक साधारण सभा शनिवर सम्पन भएको छ । साधारण सभामा बोल्दै प्रमुख अतिथी गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले मातृभूमी टोलबिकास संस्थाले आफनो जिम्मेबारी पूर्ण तरिकाले निर्वाह गरेको बताउनुभयो ।
संस्थाका अध्यक्ष एकनाथ रिजालले टोलमा सरसफाई देखि सचेतना कार्यक्रम गर्दै आएको र आगामी दिनमा यसलाई निरन्तता दिने बताउनुभयो । कार्यक्रममा सचिव रत्न प्रसाद सापकोटाले प्रतिवेदन प्रस्तुत गर्दै टोलमा विद्युतको लाईन नपुगेको घर सडकमा पोल तार पु¥याउनका लागि नगरपालिका तथा बिद्युत प्राधिकरण संगको समन्वयमा तार पोल विस्तार गर्ने , बालबालिका लागी खेलकुद सामाग्री वितरण गर्ने लगायतका काम गर्ने बताउनुभयो ।
संस्थाका उपाध्यक्ष दुर्गा लामिछानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा संस्थाका सल्लाहाकार सदस्य गोविन्द रिमाल , गैँडाकोट ५ का वडा सदस्य पार्वती सापकोटा लगायतको उस्थिती रहेको थियो ।

Share.

Leave A Reply