उपभोक्ता सदस्यको दुर्घटना वीमा गर्ने योजना सहित विजय नगर खानेपानीको ७ औँ बार्षिक साधारणसभा सम्पन्न

0

पबित्रा पराजुली, गैँडाकोट, माघ ४ । विजय नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको ७ औँ बार्षिक साधारण सभा शनिवार सम्पन भएको छ । पुस २५ गतेबाट संस्थाले टोलटोलमा गई उपभोक्ताको सुझाव सल्लाह संकलन गरेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले खानेपानी संस्था सेवामूलक तरिकाले अगाडी बढ्नु पर्ने बताउनुभयो । पौडेलले संस्थाको कामलाई पारदर्शी तरिकाले गर्नपनि आग्रह गनुभयो ।

कार्यक्रममा बाल्दै विजय नगर खानेपानीका अध्यक्ष शुभाष चापागाईले संस्थाको लोगो निमार्ण र नाम परिवर्तन गरि संस्थाको नाम शिव नगर खानेपानी बनाउने र उपभोक्ता सदस्यहरुको दुर्घटना वीमा गर्ने लगायतका काम संस्थाले गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रतिवेदन प्रस्तुत गदैँ संस्थाका सचिव जयाराम कंडेलले ७ औँ बार्षिक साधारण सभामा प्रस्ताव कार्यक्रम अन्तर्गत निर्माण व्यवसायी सुनौला खिम्ती अजम्बर शिवराम जेभीबाट भुक्तानी रकम दिने , विधान संसोधन ३ महले पारित गरि साधारण सभा प्रतिनिधिमूलक र अधिवेशन सम्पूर्ण उपभोक्ता समूहबाट गरिने लगायतका कार्यक्रम सर्वसम्मत पारीत गरेको बताउनुभयो ।

साथै उहाँले स्वच्छ सुरक्षित र गुणस्तरीय पिउने पानी २४ सै घण्टा उपभोक्तालाई उपलब्ध गराउने र सरसफाई सेवा तथा जनचेतना फैलाउने उद्देश्य संस्थाले लिएको बताउनुभयो । त्यस्तै कोषाध्यक्षको प्रतिवेदन संस्थाका कोषाध्यक्ष इन्द्रमणी चालिसेले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नारायणी सामुदायिक वनका उपाध्यक्ष वेदप्रसाद चालिसे , हरीहर टोल बिकास संस्थाका अध्यक्ष सरस्वती घिमीरे , गैँडाकोट पम्पिङ खानेपानीका उपाध्यक्ष तारा देवी शर्मा , पूर्व लेखा समिति संयोजक मादव प्रसाद पौडेल , नन्दन सामुदायिक वनका उपाध्यक्ष टिकाराम सुवेदी, गैँडकोट वडानम्बर ६ का वडा सदीस्य पबित्रा अधिकारी, गैँडाकोट ९ का वडा अध्यक्ष प्रेम प्रसाद सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

संस्थाको सभाहलमा भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष सिता वन गिरीले राख्नुभएको थियो ।

Share.

Leave A Reply