मुक्तिनाथ भजन किर्तन समूहको अध्यक्षमा हरिसचन्द्र पराजुली

0

अजय पौडेल,माघ ४ । मुक्तिनाथ भजन किर्तन समूह लक्ष्मिनारायण मुक्तिनाथ मन्दिर गैँडाकोटको बार्षिक साधारण सभा तथा प्रथम अधिबेशनले शनिवार अध्यक्षमा हरिसचन्द्र पराजुलीलाई सर्वसम्मत चयन गरेको छ ।

निर्वाचन समिति संयोजक मेघनाथ तिवारीका अनुसार कार्यसमितिको उपाध्यक्षमा सितादेवी अधिकारी र शान्ति देवि न्यौपाने,सचीवमा बासुदेब आचार्य,कोषाध्यक्षमा नरेन्द्र सापकोटा,सह सचिवमा बिष्णु अधिकारी तथा सह कोषाध्यक्षमा राधादेवी शर्मा सर्बसम्मत चयन हुनुभएको छ । सदस्यहरुमा कमला आचार्य,सरस्वती आचार्य,सावित्री अधिकारी,सीता आचार्य तथा किरण तिवारी चयन हुनुभएको निर्वाचन समिति संयोजक तिवारीले जानकारी दिनुभयो ।

त्यस्तै लेखा समिती संयोजकमा गोबिन्द आचार्य ,गणेश अधिकारी तथा डिला चालिसे चयन हुनुभएको छ । भजन मन्डली संयोजकमा शिव प्रसाद आचार्य ,अक्षय कोष संयोजकमा टिकानिधि अधिकारी,मेघनाथ तिवारी तथा बिष्णु कंडेल चयन हुनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथी युवा पन्डित चेतराज कंडेल रहनुभएको थियो । निर्वाचन समिती संयोजकमा मेघनाथ तिवारी सदस्य सचिब कृष्ण प्रसाद तिवारी र सदस्य हरि प्रसाद आचार्य रहनुभएको थियो ।

Share.

Leave A Reply